लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा : योगेश भट्टराई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा : योगेश भट्टराई

सारांश

  • काठमाडौं।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन्।
  • रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन्। रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।

आगामी डिसेम्बर महीनाभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भने “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महीनामा ती सबै काम पूरा हुन्छ।”कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा जोड दिए। सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताए। उनले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाउने बताए।

विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताए। “निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो । अहिले काम तीव्र रुपमा अगाडि बढेको छ”, उनले भने। धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले बताए। नियुक्त भएपछि पहिलोपटक रुपन्देही आउनुभएका मन्त्री भट्टराईले उक्त विमानस्थल निरीक्षण गर्नाका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु
कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु
भारतीय सिमेन्टको पैठारी रोकियो
भारतीय सिमेन्टको पैठारी रोकियो
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
आज महानवमी, शक्तिपीठमा दर्शनार्थीको घुँइचो
आज महानवमी, शक्तिपीठमा दर्शनार्थीको घुँइचो
चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल
चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
अंग्रेजी नयाँ बर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार
अंग्रेजी नयाँ बर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार
देउवाले चाले गगन थापालाई एक्ल्याउन यस्तो कदम !
देउवाले चाले गगन थापालाई एक्ल्याउन यस्तो कदम !
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
नेपाली फुटबल टोली साफ च्याम्पियनशिपका लागि ढाका जाँदै !
नेपाली फुटबल टोली साफ च्याम्पियनशिपका लागि ढाका जाँदै !

तपाईंले छुटाउनुभयो कि?