चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
चार करोड खर्च गरेर ललितपुर महानगरले ल्यायो दुईवटा ब्रुमर

सारांश

  • काठमाडौं।
  • ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर संचालनमा ल्याएको छ।
  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिएका हुन्।

काठमाडौं। ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर संचालनमा ल्याएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिएका हुन्।उनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तरगत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताए। त्यसैगरी २ वटा पानी टयांकर पनि संचालनमा ल्याइएको छ।

अत्याधुनिक प्रविधियुक्त भनिएको सो बु्रमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा संचालन गरिनेछ। मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई जोड दिइएको जनाए।इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ । जेनटक प्राईभेट लिमिटेडबाट बोल पत्र आह्वान गरी खरिद गरिएको सो ब्रुमरको सो रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने पनि मेयर महर्जनले विश्वास व्यक्त गरे।

महानगरपालिकाले बुु्रमरसँगै संचालनमा ल्याएको २ वटा पानी टयांकर भने सिप्रडी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको हो। ठूला बु्रमर संचालन नहुने स्थानहरुमा साना बु्रमरको प्रयोग गरी सफाई अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?