सांसद महेश बस्नेतदेखि मोहन बानियाँसम्मले संसदको शुन्य समयमा के भने ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
३० पटक हेरिएको
Shares
सांसद महेश बस्नेतदेखि मोहन बानियाँसम्मले संसदको शुन्य समयमा के भने ?

सारांश

  • प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गर्नुभयो ।
  • भारतीय एक्जिम बंैकको ऋण सहयोगले बनाएको सडक पूरा नहुँदै भत्केकाले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि स्थलगत निरीक्षण गर्न उहाँले माग गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गर्नुभयो ।

भारतीय एक्जिम बंैकको ऋण सहयोगले बनाएको सडक पूरा नहुँदै भत्केकाले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि स्थलगत निरीक्षण गर्न उहाँले माग गर्नुभयो ।

सांसद रामवीर मानन्धरले सांस्कृतिक शहर काठमाडौँमा ठेक्का भइसकेका सडक अलपत्र रहेको सुनाउनुहुँदै मेलम्चीले पाइप बिछ्याउन खनेका सडकका कारण जनताले सास्ती खेप्नुपरेको बताउनुभयो । मेलम्चीको काम छिटो सकेर सडकको काम सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद विमला नेपालीले दलित आयोगमा पदाधिकारी रिक्त रहेको लामो समय हुँदा दलितका मुद्दा ओझेलमा परेको बताउनुभयो । सांसद भीमसेनदास प्रधानले विश्वविद्यालयमा पदाधिकारीको अवधि सकिन लागेकाले नियुक्ति सम्बन्धमा भइरहेका गतिविधि पारदर्शी बनाई प्राज्ञिक मर्यादा कायम हुने गरी छनोट गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश बस्नेतले भक्तपुरमा खेलकूद मैदान निर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत गराउनुभयो । सांसद महेश्वरजङ्ग गहतराजले पत्रकार शालिकराम पुडासैनी आत्महत्याको घटनापछि कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर हुलहुज्जत भइरहेकाले प्रहरीले अनुसन्धान गर्न पाउनुपर्ने विचार राख्नुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत प्रकाशन गरेको विज्ञापन खारेज गरी अर्को प्रकाशन गर्न माग गर्दै शनिबार भएको प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामलगायतमाथि प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको घटनाको निन्दा गर्नुभयो । समावेशी सिद्धान्तका सम्बन्धमा संवैधानिक व्यवस्था कार्यान्वयन गर्न उहाँले माग गर्नुभयो ।

सांसद मीना सुब्बाले सामुदायिक वन व्यवस्थापन पारदर्शी हुन नसकेको बताउनुहुँदै समुदायले जम्मा गरेको पैसा कहाँ छ भनी प्रश्न राख्नुभयो । सांसद मीना पाण्डेले सर्लाहीमा वन फाँडेर केही स्थानीय तहले सुकुम्बासीका नाममा बस्ती बसाउन लागेको घटना के हो भनी जिज्ञासा राख्नुभयो ।

सांसद मोहन बानियाँले मुगुमा शनिबार आएको बाढीले पानीको मुहानमा क्षति पुगेकाले पीडितलाई राहत दिन माग गर्नुभयो । सांसद यज्ञराज सुनुवारले पत्रकार शालिकराम पुडासैनी आत्महत्या घटनामा सत्यतथ्य पत्ता लगाई सार्वजनिक हुनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यशोदा गुरुङ सुवेदीले लोकसेवा आयोगले त्रुटिपूर्ण विज्ञापन गर्दा सडकमा विरोध भइरहेको र प्रदर्शनकारीमाथि हस्तक्षेप भइरहेको बताउनुभयो । सांसद रङ्गमती शाहीले पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध गलत रहेकाले खारेज हुनुपर्ने बताउनुहुँदै वर्षभर कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नहुने विचार राख्नुभयो ।

सांसद रामबहादुर विष्टले अछामका अस्पतालमा औषधि र स्वास्थ्यकर्मीसमेत नरहेकाले व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रामेश्वरराय यादवले साउन २४ गते त्रिशूलीमा खसेका बसका मृतक र अज्ञात अवस्थामा रहेका परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद लक्ष्मणलाल कर्णले तराई क्षेत्रमा सर्पदंशले बिरामीको तत्कालै निधन हुने गरेकामा उपचारका लागि एमबिबिएस चिकित्सकको व्यवस्था हुन नसक्दा धेरै जनताले अनाहकमा जीवन गुमाउनु परिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड
‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
डिल्लीबहादुर चन्दलाई रिहाई गर; कांग्रेस
डिल्लीबहादुर चन्दलाई रिहाई गर; कांग्रेस
शनिबार पूर्वराजा ज्ञानेन्द्रलाई बिन्ध्यबासिनीमा भेट्न पाइने
आईजीपीका दाबेदारहरुलाई बालुवाटार प्रवेशमा रोक
आईजीपीका दाबेदारहरुलाई बालुवाटार प्रवेशमा रोक
राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा जोड
राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा जोड
८०० ले ओरालो लाग्यो सुनको मूल्य
८०० ले ओरालो लाग्यो सुनको मूल्य
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो

तपाईंले छुटाउनुभयो कि?