यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २, २०७६
|
|
२० पटक हेरिएको
Shares
यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत

सारांश

  • काठमाडौं।
  • जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ नयाँ गीत सार्वजनिक गरिएको छ।
  • फिल्म रिलिजको केही दिनपछि ‘सत्य सत्य’बोलको गीत सार्वजनिक गरिएको हो।

काठमाडौं। जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ नयाँ गीत सार्वजनिक गरिएको छ।फिल्म रिलिजको केही दिनपछि ‘सत्य सत्य’बोलको गीत सार्वजनिक गरिएको हो। यो गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन्।यसअघि पब्लिसिटीबाट लुकाइएको प्रियंकालाई निर्माण पक्षले यसबाट बाहिर ल्याएको छ। फिल्ममा प्रियंका शिर्ष भूमिकामा छन्। तर निर्माण पक्षले ट्रेलर, पोष्टर लगायतका प्रचार सामाग्रीमा प्रियंकालाई समावेश गरेको थिएन्।

फिल्म नहेरेका दर्शकले गीत सार्वजनिक भएसँगै प्रियंका फिल्ममा रहेको जानकारी पाएका छन् भने फिल्म हेर्न पुगेका दर्शकको लागि प्रियंका सरप्राइजको रुपमा रहेकी छन्।गीतमा मानस थापाको शब्द, प्रविन पौडेलको संगीत र सुगम पोखरेलको स्वर रहेको छ। सार्वजनिक गीतलाई सिक्किमकै हिमाली भेगमा छायांकन गरिएको हो।

आर्यन र प्रियंकाको केमेस्टीलाई गज्जब तरिकाले भिडियोमा उतारिएको छ। यस गीतलाई कथा खुल्ने भन्दै निर्माण पक्षले सार्वजनिक गरेको थिएन। प्रदर्शनरत फिल्ममा दर्शकले आर्यन सिग्देलको कामलाई निकै रुचाएका छन्। उनको गेटअप र अभिनयले दर्शकलाई रुझाएका छन्। स्वस्तिमा खड्का र सलोन बस्नेतले पनि दर्शकलाई बाधेर राख्छन।

‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ। फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेश प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको अभिनय छ।

निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन्। फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ। यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन्।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
शनिबार राति आएको असिनापानीबाट रु तीन करोडको क्षति
शनिबार राति आएको असिनापानीबाट रु तीन करोडको क्षति
एमाले अध्यक्ष केपी ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त
एमाले अध्यक्ष केपी ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री नियुक्त
सम्पति विवरण सार्वजनिक नगरी चार मन्त्री विदा
सम्पति विवरण सार्वजनिक नगरी चार मन्त्री विदा
वाम एकतामा ७० वर्षको उमेर हदमा विवाद
वाम एकतामा ७० वर्षको उमेर हदमा विवाद
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
भीम रावललाई लखेट्ने ओलीका मन्त्रीको घोषणा
भीम रावललाई लखेट्ने ओलीका मन्त्रीको घोषणा
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न

तपाईंले छुटाउनुभयो कि?