वाम एकतामा ७० वर्षको उमेर हदमा विवाद
सारांश
- ७० वर्षको उमेर हदमा विवाद एकीकृत पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटी वा पदाधिकारीको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी लगाउने कि नलगाउने भन्नेमा विवाद देखिएको छ ।
- एमालेका अधिकांश नेता पार्टीले नवौँ महाधिवेशनदेखि कार्यान्वयनमा ल्याएकाले निरन्तरता दिनुपर्ने पक्षमा छन् भने माओवादी नेताहरूले खुला राख्नुपर्ने तर्क गरेका छन् ।
- यद्यपि, कार्यदलकै एमालेका एक नेताले एमालेभित्र पनि उमेर हदबन्दी राख्ने कि नराख्ने मतैक्य नरहेको बताए ।
७० वर्षको उमेर हदमा विवाद
एकीकृत पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटी वा पदाधिकारीको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी लगाउने कि नलगाउने भन्नेमा विवाद देखिएको छ । एमालेका अधिकांश नेता पार्टीले नवौँ महाधिवेशनदेखि कार्यान्वयनमा ल्याएकाले निरन्तरता दिनुपर्ने पक्षमा छन् भने माओवादी नेताहरूले खुला राख्नुपर्ने तर्क गरेका छन् । यद्यपि, कार्यदलकै एमालेका एक नेताले एमालेभित्र पनि उमेर हदबन्दी राख्ने कि नराख्ने मतैक्य नरहेको बताए । एमाले उपाध्यक्ष वामदेव गौतमले उमेर हद राख्न नहुने भन्दै एमाले र माओवादी नेताहरूसमक्ष लबिङ गरिरहेका छन् ।
प्रधानमन्त्री–प्रचण्ड छलफल
प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकतामा केन्द्रित रहेर सोमबार छलफल भएको छ । उनीहरूबीच शनिबार र आइतबार पनि पार्टी एकता र प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणअगावै एकता टुंग्याउँदा सकारात्मक सन्देश जाने भन्दै त्यसअनुसार कार्यदललाई प्रतिवेदनको तयारी गर्न निर्देशन दिइसकेका छन् ।
ओलीको प्रस्तावपछि राजनीतिक प्रतिवेदन तयारी र संगठन तथा विधानसम्बन्धी कार्यदलले तयारी तीव्र पारिरहेका वेला दुई अध्यक्षबीच छलफल भएको हो । केही दिनयता दुई नेताबीच लगातार एकताकेन्द्रित छलफल हुँदै आएको छ ।
राजनीतिक कार्यदलका संयोजक माधवकुमार नेपाल तथा संगठनसम्बन्धी कार्यदलका संयोजक रामबहादुर थापा पनि निरन्तर ओली र प्रचण्डसँग छलफलमा छन् । ‘आवश्यकताअनुसार नेताहरूबीच निरन्तर छलफल चलिरहेको छ, पार्टी एकता छिटो टुंग्याउने भनेपछि एक–दुईपटकको भेट नयाँ होइन,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया