चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)

सारांश

  • नेकपा एमालेका युवा नेता तथा भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतले विपक्षीको विरोध भन्दा पनि आफूले जिल्लाको विकासमा गरेको योगदान नै प्रमुख अस्त्र भएको बताए।
  • शिखरन्युजसँगको विशेष कुराकानीमा बस्नेतले सो क्षेत्रमा पछिल्लो समयमा एमाले निकै मजबुत अवस्थामा रहेकाले आफ्नो जीत सुनिश्चित भएको दावी गरे ।
  • ‘भक्तपुरले सिंहदरबार खोज्दा पाएन भोली सिंहदरवारले भक्तपुर खोज्ने माहोल बनाउने छौं।

नेकपा एमालेका युवा नेता तथा भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतले विपक्षीको विरोध भन्दा पनि आफूले जिल्लाको विकासमा गरेको योगदान नै प्रमुख अस्त्र भएको बताए। शिखरन्युजसँगको विशेष कुराकानीमा बस्नेतले सो क्षेत्रमा पछिल्लो समयमा एमाले निकै मजबुत अवस्थामा रहेकाले आफ्नो जीत सुनिश्चित भएको दावी गरे ।

‘भक्तपुरले सिंहदरबार खोज्दा पाएन भोली सिंहदरवारले भक्तपुर खोज्ने माहोल बनाउने छौं। म मन्त्री र केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा विभिन्न आयोजनाहरु शुरु गरेका छौं त्यसलाई पूर्णता दिन आवश्यक छ,’ बस्नेतले भने, ‘पछिल्लो समयमा हामी यस क्षेत्रमा निकै मजबुत बनेर आएका छौ। त्यसैले विपक्षी उम्मेदवार को भयो भन्ने कुरा अहिले महत्वपुण होईन । हामि शसक्त अवस्थामा छौ ।

२०५४ सालमा हाल सूर्यविनायक नगरपालिकाभित्र पर्ने गुण्डु गाबिस अध्यक्षमा निर्वाचित हुँदा त्यस समयको सबैभन्दा कान्छो उम्मेदवार बनेका बस्तेनले युवा संघको अध्यक्ष हुँदा देशव्यापी रुपमा चर्चा बटुल्न सफल भएका थिए । पहिले र अहिलेको चुनावी अजेण्डा फेरिएको उनले बताए  ।  पहिलेको चुनावमा जनताले त्याग तपस्या र बलिदानको विषयहरु उठाउनु हुन्थ्यो अहिले जनताले  आफ्नो क्षेत्रमा विकास खोज्नु भएको छ । जनताले आफूले कस्तो सुख र सुविधा पाउने हो त्यो विषयलाई प्रमुख रुपमा उठाउन थाल्नु भएको छ’ उनले भने ।

हनुमन्ते, मनोहरा, सूर्यविनायक जंगलमा प्राणी उद्ययन केन्द्र, कटुन्जेमा छ हजार घनमिटरको पानी ट्याङ्की. डिगनीमा तीन हजार घनमिटरको पानी ट्याङ्की, वीर अस्पताललाई विस्तारित रुपमा भक्तपुर लैजाने, मुहान पोखरीमा तीन अर्बको ड्याम बनाउने विषय, ४८ वटा सडक निर्माण, भक्तपुरलाई साँस्कृतिक नगरी बनाउने र भूकम्पमा जीर्ण भएको घर भत्काउने विषयसहितको विषय त्यस समयमा शुरु भयो र चार अर्ब रुपैया बजेट छुट्टाउन सफलता प्राप्त गरेको बताए ।

दुई दशक युवा आन्दोलनमा सक्रिय रहेका बस्नेतले छ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। ‘त्यसक्रममा आन्दोलनसहितका विभिन्न दबाबको कारण संविधानमा युवा अधिकारको पक्षमा अधिकारहरु लेखिएको छ। त्यसको कार्यान्वयनका लागि कानुन बनाउने विषयमा भूमिका निर्वाह गर्ने छु,’ उनले भने । मंसिरका १० र २१ गते दुई चरणमा हुने चुनावपछि एमालेको नेतृत्वमा पाँच वर्ष चल्ने सरकार गठन हुने दावी गर्दै उनले भने । ‘अहिलेको गठबन्धनसँग ६० प्रतिशत मत छ। त्यसले प्रत्यक्षतर्फ दुई तिहाइ र समानुपातिकमा बहुमत ल्याउने छ । स्थायी सरकारका लागि कार्यकारी राष्ट्रपतिको विषय ल्याउँदैछौं । पाँच वर्षको स्थीर सरकार हुन्छ । एउटा स्वप्नद्रष्टा नेताले मात्रै सपना दिन सक्छ। एमाले स्वप्नद्रष्टा र राष्ट्रियताको भाव भएका नेताहरुको दल हो,’ उनले भने, ‘भोट बढाउनका लागि विपक्षीलाई गाली गर्नु पर्ने अवस्था छैन ।’ पछिल्लो समयमा भएको स्थानीय चुनावले पनि त्यही देखाएको उनले बताए ।
हेर्नूस भिडियो अन्तर्वाता

https://youtu.be/hUFN-D2s294

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?