पोग्बाले पेनाल्टी खेर फाल्दा युनाइटेड बराबरीमा रोकियो
सारांश
- एजेन्सी ।
- ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ।
- सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।
एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ। सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।
पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टी खेर फाल्दा युनाईटेड जित निकाल्न असफल रह्यो । खेलको २७ औ मिनेटमै गोल गर्दै पाहुना टोली युनाइटेडले अग्रता लिएको थियो । एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । सिजनको दोस्रो खेलमा युनाईटेडले अंक बाँड्न परेको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । उल्भ्सको यो दोस्रो बराबरी हो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया