नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०८०
|
|
६१ पटक हेरिएको
Shares
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरुको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्शा राखेर छलफल गर्नुपर्ने उनले आवश्यकता औँल्याएका छन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरुको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्शा राखेर छलफल गर्नुपर्ने उनले आवश्यकता औँल्याएका छन् ।

“भारत भ्रमणका क्रममा कैयौँ विषयमा छलफल भएको छ, राष्ट्रिय हित र स्वाधिनताको विषयमा हामी चिन्तित छौँ”, प्रधानमन्त्री दाहालले भने, “नक्शाको विषयमा पनि कुरा भएको छ, म धर्मनिरपेक्षतावादी हुँ, जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्नुहुँदैन, मेरो प्राथमिकता चाहीँ फोहर व्यवस्थापन थियो ।”

प्रधानमन्त्री दाहालले नागरिकता विधेयक दुवै सदनले पारित गरेर पठाएको हुनाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएको बताए । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरै नागरिक नागरिकताविहीन भएका उनको भनाइ थियो ।

“दुवै सदनले विधिसम्मत तरिकाले पठाएको विधेयक अर्को संसद्ले मान्दिन भन्न मिल्दैन”, प्रधानमन्त्री दाहालले भने, “सदनले दुई पटक प्रमाणीकरणका लागि पठाएको हो ।”

बैठकमा सांसद सूर्यबहादुर थापाले अघिल्लो सदनले पठाएको विधेयक वर्तमान सदनलाई जानकारी नदिइकन प्रमाणीकरण गर्नु कानुनी प्रक्रिया गलत भएको भन्दै संसद्को ध्यानाकर्षण गराएका थिए ।

सांसदहरु विश्वप्रकाश शर्मा र रघुजी पन्तले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष वर्तमान राष्ट्रियसभा र प्रतिनिधिसभा अध्यक्षले प्रमाणित गरेर पठाउनुपर्ने सुझाव दिए ।

सांसदहरु गोकर्ण विष्ट, पद्म गिरी, प्रेम सुवाल, रघुजी पन्त, योगेशकुमार भट्टराई, राजेन्द्रप्रसाद लिङ्देन, ज्ञानेन्द्रबहादुर शाही, ठाकुर गैरे, शिशिर खनाल, रवि लामिछाने, जुलीकुमारी महतो, सुनिता बराल, बिजुला रायमाझीलगायतले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा सुरक्षा, नागरिकता विधेयक संसद्लाई छलेर प्रमाणीकरण गरेको आरोप लगाउँदै प्रश्न उठाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
सन्राइजले ऋणपत्र निष्काशन गर्ने
सन्राइजले ऋणपत्र निष्काशन गर्ने
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
बाआमाका नाममा रु एक लाख अक्षयकोष
बाआमाका नाममा रु एक लाख अक्षयकोष
अज्ञात समूहद्वारा ३ हजार बढि केराको बोट काटेर सखाप !
अज्ञात समूहद्वारा ३ हजार बढि केराको बोट काटेर सखाप !
केपी शर्मा ओली जनताका नेता होईनन माफियाका प्रधानमन्त्री हुन: गाेविन्द केसी (भिडियाेसहित)
सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल
सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल
निर्वाचनपछि वामपन्थीबीच एकता हुने –  झलनाथ खनाल
निर्वाचनपछि वामपन्थीबीच एकता हुने – झलनाथ खनाल