बझाङका सबै गाउँ टेफिफोनको पहुँचमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
३७ पटक हेरिएको
Shares
बझाङका सबै गाउँ टेफिफोनको पहुँचमा

सारांश

  • बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ ।
  • बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।
  • नेपाल टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५र७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक ९० हजारभन्दा बढी पुगिसकेका छन् ।

बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ । बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।नेपाल टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५र७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक ९० हजारभन्दा बढी पुगिसकेका छन् । स्काई फोन प्रयोगकर्ता ३६ हजार र नमस्ते प्रयोगकर्ता लगभग ५० हजार रहेका छन् । त्यस्तै, नमस्ते पोष्टपेड प्रयोगकर्ताको सङ्ख्या पाँच हजार पुगेको छ भने स्काई पोष्टपेड प्रयोगकर्ताको सङख्या एक हजार ५०० पुगेको छ ।

टेलिकमले बझाङमा आफ्ना १८ वटा टावरबाट सेवा प्रदान गरिरहेको छ भने थप २ वटा टावर निर्माणको अन्तिम चरणमा पुगेको छ । मष्टा गाउँपालिकाको ढुङ्ग्राकोट र केदारस्युँ गाउँपालिकाको बाँझ स्यँुकोटमा टावर निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन उक्त दुई टावर सञ्चालनमा आएपछि जिल्लाभर २० वटा टावरबाट सेवा प्रदान गरिने भएको छ । टेलिकमका अनुसार बैतडी र बझाङको सिमाना जजल्लाबाट पनि सेवा दिइने भएको छ ।

त्यस्तै, बझाङका लागि प्रमुख टावरको रूपमा रहेको केदारस्युँ गाउँपालिकाको केदार र खप्तडछान्नामा रहेका बान्ता टावरको पनि स्तरोन्नति गरिने भएको छ । टावर जीर्ण हुँदै गएको र सोलार पुरानो भएकाले उक्त टावरमा सोलार र अन्य केही उपकरण पनि थप गरिने भएको छ । छविसपाथिभेराको लेकगाउँमा रहेको टावर बाहेक अरु सबै टावर सोलारबाट सञ्चालन हुँदै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण बझाङका सहायक अधिकृत बमबहादुर सिंहका अनुसार जिल्लामा सञ्चालित सबै टावरहरुबाट इन्टरनेटको लागि ‘फोर जी’ सेवा पनि विस्तार गरिने भएको छ । फोरजी सञ्चालनका लागि सबै टावरहरूमा सर्भे भइसकेको सिंहले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामचन्द्र पौडेलले देखाए प्रधानमन्त्रीको चाहना
रामचन्द्र पौडेलले देखाए प्रधानमन्त्रीको चाहना
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन
मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन
क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज
क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज
आज प्रकासित पत्र पत्रीका का मुख्य खबरहरु  !
आज प्रकासित पत्र पत्रीका का मुख्य खबरहरु !
उपनिर्वाचन २०७६ : चुनावको तिथि नजकिँदा प्रचारप्रसारमा तीव्रता
उपनिर्वाचन २०७६ : चुनावको तिथि नजकिँदा प्रचारप्रसारमा तीव्रता
एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं
चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता
चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !

तपाईंले छुटाउनुभयो कि?