एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, १२ माघ, आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ ।
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
  • परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उहाँले प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको जानकारी दिनुभयो ।

भक्तपुर, १२ माघ, आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उहाँले प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको जानकारी दिनुभयो । केन्द्रले यसवर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले यसवर्ष परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको छ भन्नुभयो ।

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ । परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर विषयगत नमूना प्रश्नपत्र बनाएर कार्यालयको वेभसाइटमा राखिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

विद्यार्थीले कार्यालयको वेभसाइडमा गएर प्रश्नपत्रको नमूना हेर्न सकिन्छ, उहाँले भन्नुभयो – “कार्यालयले सबै विषयको नमूना प्रश्नपत्र बनाएको छ ।”

एसइई परीक्षा साधारणधारको १७ चैतमा र प्राविधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिकका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​​​​​​​आजको मौसमः हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने
​​​​​​​आजको मौसमः हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने
निर्वाचनमा उम्मेद्वारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव
निर्वाचनमा उम्मेद्वारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग
कमल थापाले भने ‘आन्दोलनको तयारी गर्नुहोस्’
कमल थापाले भने ‘आन्दोलनको तयारी गर्नुहोस्’
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
नम्बरी सुनको नयाँ गीत ‘तिमी वर म पीपल’
नम्बरी सुनको नयाँ गीत ‘तिमी वर म पीपल’