‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
२३ पटक हेरिएको
Shares
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’

सारांश

  • काठमाडौं।
  • नेपाली चलचित्र र म्युजिक भिडियोमा चलेको नाम हो, पुष्प खड्का।
  • पुष्पले म्युजिक भिडियो हुँदै ‘अझै पनि’बाट चलचित्रमा पाइला राखेका हुन्।

काठमाडौं। नेपाली चलचित्र र म्युजिक भिडियोमा चलेको नाम हो, पुष्प खड्का।पुष्पले म्युजिक भिडियो हुँदै ‘अझै पनि’बाट चलचित्रमा पाइला राखेका हुन्। त्यसयता उनका ‘दर्पण छायाँ २’, ‘मंगलम’, ‘दाल भात तरकारी’ चलचित्र प्रदर्शनमा आईसकेका छन्। यही शुक्रबारबाट नयाँ चलचित्र ‘मारुनी’ प्रदर्शनमा आउँदैछ।चलचित्रलाई लिएर उनी उत्साहित त छन् नै मनमा कताकता डर पनि लागिरहेको छ। डरको कारण के भने, ‘मारुनी’संग साउथ सुपरस्टार प्रभास अभिनित चलचित्र ‘साहो’ प्रदर्शनमा आउँदैछ।

शुरुमा भदौं १३ लाई ‘मारुनी’ले प्रदर्शन मिति तोकेको थियो। पछि ‘कबड्डी कबड्डी कबड्डी’ यहि मितिमा आयो। त्यसको केही समयपछि प्रभास स्टारर ‘साहो’ले भदौं १३ लाई प्रदर्शन मिति तोक्यो। ‘साहो’ आउने भएपछि ‘कबड्डी कबड्डी कबड्डी’ भदौं १३ बाट पछाडी हट्यो।
अब ‘साहो’ र ‘मारुनी’ प्रदर्शनको पूर्वसन्ध्यामा छन्।

‘हाम्रो चलचित्र ‘साहो’संग जुधिरहेको छ। त्यसमा कताकता डर लागिरहेको छ’—यति भन्दै गर्दा लगत्तै पुष्प सकारात्मक सुनिन्छन् । अगाडि थप्छन् –‘तरपनि आशाबादी छु। चलचित्र राम्रो बनेको छ। राम्रो नेपाली चलचित्रलाई दर्शकले सधै माया गर्नुहुनेछ।’

चलचित्रको गीतलाई दर्शकले रुचाएका छन्। ट्रेलरले सकारात्मक प्रतिक्रिया पाईरहेको छ। उनले निर्माण टिमसंग बसेर चलचित्र हेरिसकेका छन्। भन्छन् –‘सस्पेन्स लभस्टोरी कथामा चलचित्र बनेको छ। यसको कन्टेन्ट बिल्कुलै यूनिक छ। चलचित्रले दर्शकलाई ‘होल्ड’ गराउँछ।’

केही दिनअघि चलचित्रको मोफसल कन्सर्टमा पनि दर्शकको उत्साहजनक सहभागीता रह्यो। इटहरी, चितवन, बुटवल लगायतका सहरमा हजारौं दर्शक ओइरिए। चलचित्रको कथा, गीत र ट्रेलरबाट पाएको प्रतिक्रिया, मोफसल टुरमा दर्शकले देखाएको मायाका कारण पनि चलचित्र हेर्न दर्शक उत्साहित छन् भन्ने लाग्छ पुष्पलाई।

चलचित्रमा पुष्प समाजको एक जिम्मेवारी पात्रका रुपमा प्रस्तुत छन्। जसको पारिवारिक दायित्व एक ठाउँमा छ। आफ्नो करिअर अर्को ठाउँमा। संगै फ्रेण्डसिप, लभ, रोमान्स, द्धन्द्धका विविध पाटोहरु जोडिएका छन्। ‘फ्यामली संगसंगै पर्सनल लाईफलाई कसरी अगाडी बढाउँछरु आफ्नो करिअरलाई कसरी ह्याण्डिल गर्छरु त्यस्तो भूमिकामा प्रस्तुत छु’– आफ्नो भूमिकाबारे उनी थप खुल्छन्।

पुष्प चलचित्रको यो क्यारेक्टरमा ‘इन्जोय’ गरेको बताउँछन्। किनकी उनलाई यस्तै–यस्तै क्यारेक्टर मनपर्छ रे१ चलचित्रमा उनको अपोजिटमा साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–अभिनेत्री रेबिका गुरुङ छन्। पुनम पाण्डे निर्मित चलचित्रको लेखक तथा निर्देशक नवल नेपाल हुन्। यो टिमसंग काम गर्दा धेरै रमाइलोसँगै धेरै कुराको सिकाई भएको पुष्प सुनाउँछन्।

‘मारुनी’पछि पुष्पले कुनै चलचित्र साइन गरेका छैनन्। तर, अफरको भने कमी छैन्। उनलाई लिएर चलचित्र बनाउन चाहने निर्मातारनिर्देशकको लाइन लामै छ। पुष्प भने, राम्रो कथा नआएर नयाँ चलचित्र साइन नगरेको बताउँछन्।

‘अहिले पनि थुप्रै कथाहरु सुनिरहेको छु। कति त मैले चित्त नबुझेर काम नगरेका चलचित्र फ्लोरमा गईसकेका छन्’– उनी भन्छन्। उनी राम्रो कथा नआउँदा आत्तिएका छैनन्। थप्छन्, ‘मेरो धेरै ग्याप पनि त भएको छैन्। तीन महिनाअघि ‘दात भात तरकारी’ प्रदर्शनमा आएको थियो। अहिले ‘मारुनी’ आउँदैछ। चित्त बुझ्दो कथामा चलचित्रको अफर आउँनासाथ काम गर्नेछु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
सेक्स के हो ?गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
सेक्स के हो ?गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो
“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो
उपराष्ट्रपति पुनले लिए पद तथा गोपनीयताको शपथ
उपराष्ट्रपति पुनले लिए पद तथा गोपनीयताको शपथ
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस महासमिति बैठकको तयारीमा !
Context- Constitution Day: Constitutional special provisions, a boon for socially, culturally backward people
Context- Constitution Day: Constitutional special provisions, a boon for socially, culturally backward people
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे  ट्वीट
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे ट्वीट
मेलम्चीको पानी वितरणका लागि पाँच सय ३३ किमी पाइप बिछ्याइयो
मेलम्चीको पानी वितरणका लागि पाँच सय ३३ किमी पाइप बिछ्याइयो
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न
मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न

तपाईंले छुटाउनुभयो कि?