नापोलीमाथि युभेन्ट्सको रोमाञ्चक जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
नापोलीमाथि युभेन्ट्सको रोमाञ्चक जित

सारांश

  • एजेन्सी ।
  • ईटालियन सिरि एमा युभेन्ट्सले नापोलीलाई हराएको छ ।
  • शनिबार राति भएको खेलमा युभेन्ट्सले नापोलीमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।

एजेन्सी । ईटालियन सिरि एमा युभेन्ट्सले नापोलीलाई हराएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले नापोलीमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।

१६ औ मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । १९ औ मिनेटमा गोन्जालो हिग्युनले अग्रतालाई दोब्बर बनाए । ६२ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई ३–० को स्थितीमा पुर्याएका थिए । तर लगातार तीन गोल गर्दै नापोली खेलमा फर्कियो ।

६६ औ मिनेटमा कोस्टास मानोलसले नापोलीका लागि पहिलो गोल गरे । हिर्भिङ लोजानोले ६८ औ मिनेटमा गोल गर्दै खेललाई ३–२ को स्थितीमा पु¥याएका थिए । ८१ औ मिनेटमा जियोवन्नी डी लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ईन्जुरी समयमा नापोलीका कालिदौ कोलीबालीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले खेलमा विजयी बन्यो । निकै रोमाञ्चक खेलमा युभेन्ट्स स्पष्ट ३ अंक जोड्न सफल बन्यो ।

पछिल्ला ८ उपाधि जितेको युभेन्ट्सका लागि म्याथिज डी लिटले नापोलीविरुद्वको खेलमा डेब्यु गरेका थिए । युभेन्ट्सका मुख्य प्रशिक्षक माउरिजियो सर्री निमोनियाका कारण टर्च लाईनमा देखिएनन् तर उनले एलिनाज स्टेडियममा बसेर खेल हेरेका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । नापोली ३ अंक सहित आठौं स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता
नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा
डलरको  मूल्य ११८ रुपैयाँ ८४ पैसा कायम
डलरको मूल्य ११८ रुपैयाँ ८४ पैसा कायम
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन
प्रधानमन्त्री देउवाले संघीयता बुझेनन्ः वर्षमान
प्रधानमन्त्री देउवाले संघीयता बुझेनन्ः वर्षमान
१५ थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ !
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
आलेख : शौचालय जान चियाको बहाना
आलेख : शौचालय जान चियाको बहाना
पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार
पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार

तपाईंले छुटाउनुभयो कि?