प्रधानमन्त्री देउवाले संघीयता बुझेनन्ः वर्षमान
सारांश
- रोल्पा, माघ ५ ।
- प्रदेश नम्बर पाँचको अस्थायी केन्द्रका विषयमा आन्दोलन र विरोध चलिरहेका बेला प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले सरकारलाई निर्णयमा पुनर्विचार गर्न माग गरेका छन् ।
- सिंहदरबार केन्द्रीत अधिकारलाई गाउँमा पु¥याउने संघीयताको मर्मविपरित प्रदेश केन्द्र तोकेर सरकारले गम्भिर गल्ती गरेको भन्दै उनले देउवा नेतृत्वको सरकारले संघीयता नबुझेको बताए ।
रोल्पा, माघ ५ । प्रदेश नम्बर पाँचको अस्थायी केन्द्रका विषयमा आन्दोलन र विरोध चलिरहेका बेला प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले सरकारलाई निर्णयमा पुनर्विचार गर्न माग गरेका छन् ।
सिंहदरबार केन्द्रीत अधिकारलाई गाउँमा पु¥याउने संघीयताको मर्मविपरित प्रदेश केन्द्र तोकेर सरकारले गम्भिर गल्ती गरेको भन्दै उनले देउवा नेतृत्वको सरकारले संघीयता नबुझेको बताए ।
नेता पुनले सबैले अनुमान गरेको, उच्च अदालत र प्रदेश प्रहरीको अस्थायी केन्द्र पनि दाङमा राखिसकेको, निर्वाचन आयोगले समेत राष्ट्रिय सभाको निर्वाचनको लागि पनि अस्थायी केन्द्र दाङ तुलसीपुर राखिसकेको सन्दर्भमा सबैले अस्थायी केन्द्र दाङ नै हुन्छ भन्ने मानसिकता बनाइसकेका बेला आश्चर्यचकित पार्ने गरी निर्णय गरेको भन्दै त्यसको विरोध गरे ।
‘जनताको म्यान्डेट सरकारले गरेजस्तो मनोमानी थिएन’ उनले भने ‘भौगोलिक सुगमताजस्तो आधारभूत कुरालाई पनि ख्याल नगरी प्रदेशको केन्द्र तोकिनु त्रुटिपूर्ण छ, यसमा सरकारले पुनर्विचार गरोस् ।’
उच्च अदालत र प्रदेश प्रहरीको अस्थायी केन्द्र पनि दाङमा राखिसकेको अवस्थामा सरकारले राजधानी बुटवल तोकेको हो ।
प्रतिक्रिया