अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • अमेरिकाको टेक्सस राज्यमा एक बन्दुधकारीले दुई शहरमा अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा पनि पाँच जनाको मृत्यु भएको छ भने  १६ घाइते भएका छन्।
  • आडेसा सहरका प्रहरीका अनुसार बन्दुधारीले पहिला ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए, ट्राफिकले ती बन्दुधकारीको कार रोके थिए।

काठमाडौं। अमेरिकाको टेक्सस राज्यमा एक बन्दुधकारीले दुई शहरमा अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा पनि पाँच जनाको मृत्यु भएको छ भने  १६ घाइते भएका छन्।
आडेसा सहरका प्रहरीका अनुसार बन्दुधारीले पहिला ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए, ट्राफिकले ती बन्दुधकारीको कार रोके थिए।
बीबीसीका अनुसार त्यसपछि बन्दुधारीले ट्रकबाट पोस्तोल निकालेर नजिकैको अर्को शहर मिडल्याण्डतर्फ गए, जहाँ उनले फेरि गोली चलाए।
प्रहरीले बन्दुधकारीलाई एउटा सिनेमा कम्प्लेक्समा गोली प्रहारी गरी हत्या गरेको छ। प्रहरीका अनुसार आक्रमणकारी करिव ३५ वर्षका गोरा व्यक्ति थिए। शनिबार दिउँसो भएको यो घटनाको उद्देश्य के थियो भन्ने अहिलेसम्म खुलेको छैन।
यो आक्रमणको चार हप्ता पहिला पनि  टेक्ससमा एक बन्दुधारीले अल पासो शहरमा गोली प्रहार गरी २२ जनाको हत्या गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सस गोलीकाण्डको आफूले जानकारी लिएको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?