प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०८०
|
|
२० पटक हेरिएको
Shares
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

सारांश

  • काठमाडौं।
  • संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ।
  • सिंहदरबारमा बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वसम्मत सिफारिस गरेको परिषदका एक सदस्यले जानकारी दिए।

काठमाडौं। संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ।

सिंहदरबारमा बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वसम्मत सिफारिस गरेको परिषदका एक सदस्यले जानकारी दिए।

अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्नेछन्।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाभियोग दर्ता गरिएपछि कायम मुकायमको भरमा चलिरहेको सर्वोच्च अदालतले अबको केही दिनमा नेतृत्व पाउन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपसभामुख इन्दिरा रानामगर सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?