साहोको दोस्रो दिन पनि धमाकेदार प्रदर्शन….

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
साहोको दोस्रो दिन पनि धमाकेदार प्रदर्शन….

सारांश

  • काठमाडौं।
  • प्रभास र श्रद्धा कपूरको फिल्म साहोले दोस्रो दिन पनि धमाकेदार कमाइ गरेको छ ।
  • फिल्मले पहिलो दिन नै घरेलु बक्स अफिसमा मात्र १३० करोडभन्दा माथिको व्यापार गरेको थियो ।

काठमाडौं। प्रभास र श्रद्धा कपूरको फिल्म साहोले दोस्रो दिन पनि धमाकेदार कमाइ गरेको छ । फिल्मले पहिलो दिन नै घरेलु बक्स अफिसमा मात्र १३० करोडभन्दा माथिको व्यापार गरेको थियो । दोस्रो दिनसम्ममा घरेलु बक्स अफिसमा यसको कमाइ २२० करोड माथि पुगेको छ ।फिल्मले पहिलो दिन हिन्दी संस्करणले मात्र भारतीय बक्स अफिसमा २४।४० करोड कमाएको थियो । यो कमाइ हिन्दी फिल्ममा २०१९ को तेस्रो ओपनिङ हो । यसअघि सलमान खानको भारतले ४२।३० करोड र अक्षय कुमारको मिशन मंगलले २९।१६ करोड कमाएका थिए ।

दक्षिण भारतमा साहो बाहुबली २ पछि सबैभन्दा ठूलो ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ । दक्षिण भारतमा बाहुबलीले पहिलो दिन १२१।७२ करोड कमाएको थियो । साहोको तमिल र तेलुगु संस्करणले पहिलो दिन ८७ करोड कमाएको छ । दक्षिण भारतमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको दोस्रो स्थानबाट रजनीकान्तको २।० लाई हटाउँदै त्यो ठाउँ साहोले ओगटेको छ । साहोले आन्ध्र प्रदेशमा मात्र पहिलो दिन ५० करोड कमाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?