भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन
सारांश
- मकवानपुर ।
- बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने भैँसे–भीमफेदी सडकखण्डमा आज अपराह्न गएको पहिरो पन्छाई यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।
- उक्त सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा आज अपराह्न खसेको पहिरो पन्छाई केहीबेर अघिदेखि यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौँ जोड्ने भैँसे–भीमफेदी सडकखण्डमा आज अपराह्न गएको पहिरो पन्छाई यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।
उक्त सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा आज अपराह्न खसेको पहिरो पन्छाई केहीबेर अघिदेखि यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार पहिरो जाँदा भीमफेदी हुँदै काठमाडौँ, सिस्नेरी, फाखेललगायत भीमफेदीको विभिन्न स्थानमा जाने र ती सडकखण्ड हुँदै हेटौँडातर्फ आउने यातायात अवरुद्ध भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया