चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने

सारांश

  • काठमाडौं ।
  • चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने निश्चित भएको छ ।
  • चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारीको लागी चिनियां स्टेट काउन्सिलर समेत रहेका विदेशमन्त्री वाङ दुई दिने भ्रमणमा लागी काठमाडौं आउने निश्चित भएको हो ।

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने निश्चित भएको छ । चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारीको लागी चिनियां स्टेट काउन्सिलर समेत रहेका विदेशमन्त्री वाङ दुई दिने भ्रमणमा लागी काठमाडौं आउने निश्चित भएको हो ।

वेइजिङस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार विदेशमन्त्री वाङ असोज ८ र ९ गते नेपाल भ्रमणा आउने कार्यक्रम तय भएको हो ।

विदेशमन्त्री वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भेटवार्ता गर्ने तय भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले गत १८ असारमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका थिए । ग्रेट हल अफ द पिपुलमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आपसी सहयोग बढाउने बारेमा छलफल भएको थियो । सोही अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना समकक्षीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए ।

वाङको भ्रमण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको लागी हुन लागेको बुझिएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङ अक्टोम्बर १२ मा तीन दिने भारत भ्रमणमा जाने तयारीमा छन् । फर्कदा उनले नेपालको भ्रमण गर्ने गरी तयारी भइरहेको परराष्ट्र स्रोतको दावी छ ।

चिनियाँ राष्ट्रपति सी करिव ९ घण्टाका लागि नेपाल आउने कार्यक्रम छ । भारतको भ्रमण सकेर नेपाल हुँदै चीन जाने तयारी भइरहेको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

त्यसका लागि सुरक्षा निकायले समेत तयारी सुरु गरिसकेका छन् । चीनबाट समेत एडभान्स टोलीले नेपालको गोप्य भ्रमण गरेर बेइजिङ फर्किसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?