मिस शेर्पा २०१८ लाई क्रोयसियामा हुने Miss Tourism World मा अवसर
सारांश
- मिस शेर्पाको नयाँ संस्करण काठमाडौँमा हुने भएको छ ।
- पुस १५ गते काठमाडौँमा हुन लागेको मिस शेर्पाको अडिसन डिसेम्बरको पहिलो सातादेखि हुने आयोजक संस्था डिपास इन्टरनेशनलकी अध्यक्ष पासाङ शेर्पा ‘छेल्हामु’ले बताइन् ।
- सन् २०१० देखि हुँदै आएको मिस बीचम केही वर्ष रोकिए थियो ।
मिस शेर्पाको नयाँ संस्करण काठमाडौँमा हुने भएको छ । पुस १५ गते काठमाडौँमा हुन लागेको मिस शेर्पाको अडिसन डिसेम्बरको पहिलो सातादेखि हुने आयोजक संस्था डिपास इन्टरनेशनलकी अध्यक्ष पासाङ शेर्पा ‘छेल्हामु’ले बताइन् । सन् २०१० देखि हुँदै आएको मिस बीचम केही वर्ष रोकिए थियो । अघिल्लो वर्षदेखि पुन सुरु भएको यस प्रतिष्पर्धामा शेर्पा समुदायका युवती मात्रै सहभागि बन्न पाउँछन् ।
यसपटकको मिस शेर्पामा विजेता बन्नेले क्रोयसियामा हुने मिस टुरिज्म वल्र्डमा समेत प्रतिष्पर्धा गर्ने अवसर पाउने आयोजक संस्थाको भनाई छ ।
मिस शेर्पामा एसइइ भन्दा माथिको अध्ययन गरेका १६ वर्ष उमेर पुरा गरेका युुवतीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागि हुनका लागि नेपाली नागरिक र अविवाहित हुनु पर्नेछ ।
यसै वर्षदेखि डिपास इन्टरनेशनले मिस्टर शेर्पाको पनि आयोजना गर्ने भएको छ । पुस १५ गते नै हुने मिस्टर शेर्पाको पनि डिसेम्बर पहिलो सातादेखि नै हुनेछ । प्रतियोगिताका विजयी बने वापत् मिस र मिस्टर शेर्पाले नगद, मेडल लगायतका विभिन्न आकर्षक पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया