गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी

सारांश

  • काठमाडाैं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छन्।
  • ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने बताएकी हुन्।

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छन्।

४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने बताएकी हुन्।

उनले भनिन्, “सामाजिक, आर्थिक रुपान्तरण, रोजगार र प्रविधि, सदाचार र सत्चरित्रयुक्त अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो, यसका लागि आवश्यक केही नियम परिमार्जनको क्रममा रहेकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गर्दछौँ।”

उनले विभिन्न विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई सरकारले लिएको समृद्ध नेपालको आकाङ्क्षा साकार पार्न उपयोगी हुने विश्वास व्यक्त गर्दै सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण हुने विश्वास व्यक्त गरिन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक शिक्षा रुपान्तरण सरकारको उच्च प्राथमिकतामा रहेको र दीक्षित प्रतिभाहरुलाई स्वदेशमै रही योगदान गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै यसै वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात
गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
कम्युटर अपरेटरले ७ हजार घुस लिएपछि भ्रष्टाचार मुद्दा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग
सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
दाङमा अचेत अवस्थामै ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि
अमेरिकी चुनावः मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
अमेरिकी चुनावः मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल

तपाईंले छुटाउनुभयो कि?