दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल

सारांश

  • काठमाडौं, २१ फागुन ।
  • कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भैरहेको स्पष्ट पारेका छन् ।
  • मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘अहिलेपनि हामी धेरै कुरामा आत्मनिर्भर भैसकेका छौं ।

काठमाडौं, २१ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भैरहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘अहिलेपनि हामी धेरै कुरामा आत्मनिर्भर भैसकेका छौं । अरु कुरामा पनि आत्मनिर्भर गर्नेगरि काम गरिरहेका छौं । अहिले दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरिकामा आत्मनिर्भर भएका छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले खसी–बोकामा केही वर्षभित्र आत्मनिर्भर हुने दाबी गरेका छन् । त्यस्तै, फलफुलमा नेपाललाई आत्मनिर्भर आगामी ५/६ वर्षभित्र आत्मनिर्भर बनाउने उनले घोषणा गरे ।

कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नको लागि अध्ययन गर्न कार्यदल बनाएर काम भैरहेको पनि जनाए । उनले भने,‘कृषिमा दिईएका अनुदानहरुलाई व्यवस्थित् गर्नुपर्छ । अनुदानमा केहीमा हामीले पुनरावलोकन गर्नुपर्छ । केहीमा अनुदान बढाउनुपर्छ । आन्तरिकमात्रै होईन, वैदेशिक अनुदानलाई पनि चुस्त दुरुस्त बनाउनको लागि हामीले पहल गरेका छौं ।’

मन्त्री खनालले आफूहरुले कर्णाली प्रदेशमा प्राङगारिक कृषि प्रणाली (अर्गानिक एग्रिकल्चर फाम) को केन्द्र बनाउनेगरि स्थान चयन गरिसकेको पनि उनले जनाए । त्यस्तै,आधुनिक कृषि प्रणालीको लागि उदयपुरको बेलका नगरपालिकामा मोडल फाम बनाउने तयारी गरिसकिएको पनि उनले जनाए । उनले भने,‘त्यहाँ ७ हजार बिघा बाँझो जमिन रहेको छ, अब हामी प्राङगारिक र आधुनिक दुवै कृषि प्रणालीलई द्रुत गतिमा अघि बढाउँछौं ।’

आगामी बजेटमा तीन मुख्य कार्यक्रम र १७ योजनाहरु अघि बढाउने पनि उनले जनाए । खनालले भने,‘ती कार्यक्रमहरु गेम चेन्जर योजना हुन् । आगामी ५ वर्षभित्र कृषिमा हामी आत्मनिर्भर हुन्छौं ।’ त्यस्तै उनले किसानलाई परिचयपत्र वर्गीकरण गरेर वितरण गर्ने, सोईल हेल्थ कार्ड वितरण गर्ने र किसान कल्याण परिचयपत्र पनि वितरण गर्ने सुनाए ।

मन्त्री खनालले किसानलाई सहुलियतमा ऋण दिनेगरि आफूले व्यवस्था गरिसकेको सुनाए । त्यस्तै, ५ हजार युवाहरुलाई व्यवस्थित गर्नेगरि पुर्वदेखि पश्चिमसम्म एउटा रोष्टर तयार पार्ने पनि उनले सुनाए । उनले भने,‘युवाहरुले उत्पादन गरेका उत्पादनहरुको बजारीकरण गर्छौं ।’ यो कार्यक्रमलाई अघि बढाउनको लागि आगामी बजेटमा ५ सय करोड माग गरिएको पनि उनले सुनाए ।

विदेशबाट आयात हुने धुलो दुधमा प्रतिवन्ध लगाईएको उनले सुनाए । उनले भने,‘कैलाली र कञ्चनपुरमा फ्याक्र्टी छ, अब अर्को फ्याक्र्टी कोहलपुरमा खोल्छौं ।’ मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम प्रभावकारी नभएको भन्नेबारे आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही दिन पहिले छलफल तथा समिक्षा भएको पनि सुनाए । उनले भने,‘कार्यक्रम जसरी प्रभावकारी हुनुपर्दथ्यो, त्यो नभएको हो । अब यसलाई पनि प्रभावकारी बनाउनुपर्छ ।’

अहिले सरकराले १४ वटा ‘सुपर–जोन’, ६९ वटा जोन, केही सय बल्क र केही हजार पकेट निर्धारण गरेको सुनाउँदै उनले भने,‘यी मध्ये सुपर जोन र जोन अहिले केन्द्रले हेरिरहेको छ । बल्क र पकेट चाहीँ प्रदेशलाई हस्तान्तरण गरिएको छ । यसलाई प्रभावकारी बनाउनको लागि सुपर जोन केन्द्रमा राख्ने, जोनलाई प्रदेशलाई दिने, बल्क र पकेटलाई स्थानीय सरकारलाई दिनुपर्छ ।’ अब कृषि क्षेत्रमा परीणाम दिनेगरि काम गर्ने पनि उनले सुनाए ।

सुपर–जोन, जोनलगायतका कार्यक्रमहरु राम्रा रहेको र यसको लागि केही कर्मचारीको अभाव रहेको पनि उनले सुनाए । मन्त्री खनालले भने,‘यी कार्यक्रमहरुमा अहिले कर्मचारीको कमी छ ।

तरकारीको क्षेत्रमा पनि नेपालले पछिल्लो समय राम्रो प्रगति गरेको मन्त्री खनालको दाबी छ । उनले भने,‘उत्पादनको तहमा क्षेत्र विशेष, बाली विशेष र मूल्य निर्धारणको कमी छ । यसमा पनि हामीले विशेष ध्यान दिएका छौं ।’ उनले पछिल्लो समय हरियो तरिका नेपालमा कम आयात भएको पनि दाबी गरे । किसानहरुले उत्पादन गरेको तरिकाहरुको मूल्य निर्धारण बिचौलिया तथा गिरोहरुले गर्दा केही समस्या आएको उनले स्पष्ट पारे ।
समग्र कृषि क्षेत्रमा अहिले प्रगति भैरहेको उनले सुनाए । उनले भने,‘किसानहरुलाई आवश्यक पर्ने मलको पनि सरकारले व्यवस्था गरेको छ । मलमा हामीले अनुदान दिएका छौं । अहिले हामीलाई ६ लाख मेट्रिक टन चाहिन्छ । हामीले प्रति केजी ६७ प्रतिशत अनुदान दिएका छौं ।’

उखु किसानका समस्या पनि आफूहरुले समाधान गरेको मन्त्री खनालले दाबी गरे । उनले भने,‘अहिले पनि हामीलाई चिनी अपुग छ । भारतमा ११ जातका उखु रहेको तर नेपालमा उखुको प्रकार रैथानेमात्रै रहेको उनले सुनाए । उनले भने,‘अहिले देखिएको उखु किसानको समस्या हामीले समाधान गरेका छौं। मिल मालिक र उखु किसानलाई राखेर छलफल गरेका थियौं । किसान मर्कामा पनुहुन्न। भ्याट अनुदानको समस्या आएको थियो, त्यो पनि हल भैसक्यो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार
राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा
प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै
प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
वेस्ट इन्डिजलाई हराउँदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा
वेस्ट इन्डिजलाई हराउँदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
एक वर्षपछि बल्ल सिमकोट पुग्यो चामल
एक वर्षपछि बल्ल सिमकोट पुग्यो चामल
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?