रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २३, २०७६
|
|
५१ पटक हेरिएको
Shares
रबि लामिछाने सहित तीनै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

सारांश

  • पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा सोमबार निवेदन दर्ता गराएको छ ।
  • चितवन जिल्ला अदालतले केही दिन अघि आत्महत्या गर्न दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
  •  जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा सोमबार निवेदन दर्ता गराएको छ । चितवन जिल्ला अदालतले केही दिन अघि आत्महत्या गर्न दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा,

लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै

उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए । उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि लामिछाने र कँडेलले धरौटी माग गरेको आदेश उपर दिएको निवेदनमा सुनवाई गर्दै कैफियत प्रतिवेदन मागेको थियो । सो प्रतिवेदन प्राप्त भएकाले त्यसको पेशी आगामी बिहीबारका लागि तोकिएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौलागाईको नेत्तृत्वमा इजरायल उड्यो २० जनाको समूह
चौलागाईको नेत्तृत्वमा इजरायल उड्यो २० जनाको समूह
नेकपा मुख्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’  को को असुरक्षित ?
नेकपा मुख्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’  को को असुरक्षित ?
प्रधानमन्त्रीले  दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
हात खुट्टा बाँधेर जादु देखाउन नदीमा पस्दा बेपत्ता
हात खुट्टा बाँधेर जादु देखाउन नदीमा पस्दा बेपत्ता
कस्तुप र देवीले ल्याए मौलिक तीज गीत ‘बरिलै’
कस्तुप र देवीले ल्याए मौलिक तीज गीत ‘बरिलै’
क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि
क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि
गोरखामा मुसाले मतपत्र काटेको आशंका, मुसाले खाएको मतपत्र गन्ने सहमति
गोरखामा मुसाले मतपत्र काटेको आशंका, मुसाले खाएको मतपत्र गन्ने सहमति
Communications and Information Technology Minister Banskota resigns
Communications and Information Technology Minister Banskota resigns
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
अमेरिकी चुनावः डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरुको आयोवामा चुनावी अन्तिम प्रचार
अमेरिकी चुनावः डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरुको आयोवामा चुनावी अन्तिम प्रचार