बाँके घटनाप्रति कांग्रेसको आपत्ति

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बाँके घटनाप्रति कांग्रेसको आपत्ति

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बाँके घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ।
  • आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले नियोजित रुपमा आफ्नो पार्टीको कार्यक्रममा सरकारको नेतृत्व गरेको पार्टीका कार्यकर्ताले आक्रमण गरेको भन्दै घटनाको भत्र्सना गरे।

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बाँके घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले नियोजित रुपमा आफ्नो पार्टीको कार्यक्रममा सरकारको नेतृत्व गरेको पार्टीका कार्यकर्ताले आक्रमण गरेको भन्दै घटनाको भत्र्सना गरे। राजनीति दललाई निषेध जस्तो गरी व्यवाहार गरेको भन्दै उनले आपत्ति जनाए। कांग्रेसले यो घटनाका विषयमा गृहमन्त्रीले चित्त बुझ्दो जवाफ नदिन संसद अवरोध गर्ने चेतावनी दिएपछि गृहमन्त्री रामबहादुर थापाले बाँके घटनाका विषयमा सदनलाई जानकारी गराएका थिए।

गृहमन्त्री थापाले भदौ २६ गते कांग्रेसको कार्यक्रममा केही युवाहरुले आक्रमण गरेको र त्यसबाट कांग्रेस बाँकेका सभातिको हातमा गम्भीर चोट लागेको जानकारी गराएका थिए। उनले कांग्रेसको कार्यक्रममा आक्रमण गर्ने तीन जनालाई पक्राउ गरेको जानकारी दिए। घटनामा संलग्न अन्यको खोजी भइरहेको जानकारी दिए। कांग्रेसको कार्यक्रमको जानकारी प्रहरीलाई नदिएपछि घटनामा संलग्न भएका निर्मल खत्री रोशनसिंह ठकुरी र लोबहादुर शाही पक्राउ परेक जनाए। घटनामा संलग्नलाई कानुन अनुसार कारवाही गर्न मन्त्रालय दृढ रहेको गृहमन्त्रीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?