मताधिकारको प्रयोग गरौ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मताधिकारको प्रयोग गरौ

सारांश

 

कविता

विजय तिमिल्सिना

माइला
हातमा देशको झण्डा हुनुपर्ने हो
पाटिले आफ्नो झण्डा बोकायर
भोट माग्न लगायको छ
म पाटिकै निर्देशनमा
चुनावी अभियानमा छु
सबै झुटो सिकायको छ
म त्यही झुट फुकी रहेको छु

ढल,पानी,बिजुली,शिक्षा,रोजगार
सबै आश्वासनका पुङ्तुरा बिकेर
गाउँ शहर सजिला अप्ठ्यारा
बोट पहिल्याउदै छु
चरमा गरिवी र धनी बिचका खाडला पार गर्दै
बिना गन्त्यवको यो यात्रामा

स्वर बसेको छ
भोट फलानालाई दिनु
चिलानालाई नदिनु भन्दै
चौतारा,चिया पसलामा वकलात गर्दै
उही पुरानै चुनावी नारा
उही झुट दोहोरायर
भोट माग्न जोडीने हात समायर
यिनलाई खोला तार्ने जिम्मा लियको छु
निसुल्क
र पनि प्रिकृया पुरा गर्न
अनी आफ्नो मताधिकारको प्रयोग गर्न
गराउन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?