आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
सारांश
- काठमाडौं।
- भारतीय गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउँने भएका छन।
- सि।
काठमाडौं। भारतीय गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउँने भएका छन। सि।एन।आई। इभेन्ट्सको तर्फबाट आयोजना हुन लागेको ‘टोनी कक्कर लाइभ इन नेपाल’मा टोनीले प्रस्तुति दिनेछन्।कार्यक्रम यहि ९सेप्टेम्बर १९० असोज २ गते अर्थात आउँदो बिहिबार ठमेलस्थित ‘क्लब फेरनहाइटमा’मा हुनेछ। भिजिट नेपाल २०२० को अवसरमा हुन लागेको भनिएको उक्त कार्यक्रममा उपस्थित भई साथ दिन टोनीले एक भिडियो सन्देशमार्फत पनि आग्रह गरेका छन्।

टोनीका ‘कोका कोला तु’, ‘धिमे धिमे’, ‘मिले हो तुम हमको’ ‘ओह हमसफर’जस्ता गीत चर्चित छन्। काठमाडौंमा उनको यो पहिलो लाइभ प्रस्तुति हुनेछ।टोनीको कार्यक्रमको ओपनिङमा दि फ्रिकस्ट्रिट ब्याण्डले प्रस्तुति दिनेछ। कार्यक्रम साँझ ८ बजेबाट सुरु भई बिहान ४ बजेसम्म हुनेछ। कार्यक्रमका लागि टिकट दर पाँच हजार र पैतिस सय रुपैयाँ राखिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया