सरकारका अरिंगालबाहेक कोही सुरक्षित रहँदैनन्ः गगन थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
१८ पटक हेरिएको
Shares
सरकारका अरिंगालबाहेक कोही सुरक्षित रहँदैनन्ः गगन थापा

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न्तिर लागेको आरोप लगाएका छन् ।
  • आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले यस्तो आरोप लगाएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न्तिर लागेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले यस्तो आरोप लगाएका हुन् । सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने भन्दै अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सोको विरोधमा उत्रिन आग्रह समेत गरे ।

सांसद थापाले सरकारले बहुमतको आडमा सूचना प्रविधि विधेयक पारित गराउन खोजिरहेको आरोप समेत लगाए ।

यो विधयेकलाई जबरजस्ती पास गरेमा सरकारकै ‘अरिङ्गाल’बाहेक कोही पनि सुरक्षित नरहने जिकिर गर्दै सांसद थापाले भने, ‘यो विधेयक संसदबाट पारित हुनु भनेको संविधानको खिलाप मात्र होइन, हाम्रो आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको खिलाप हो ।’

उनले यस्तै अस्पष्ट व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले त्यहाँको सूचना प्रविधि विधेयकको दफा नै खारेज गरिदिएको उदाहरण प्रस्तुत गरे ।

थापाले जनता–जनता भिडाउने काम नगर्न सरकारलाई आग्रह समेत गरे ।

गुठी विधेयकलाई लिएर आन्दोलन भइरहेका बेला सत्तारुढ सांसदहरुले किसानहरु पक्षमा भन्ने तर्क गरेपछि सांसद थापाले त्यसको प्रतिवाद गरे । सरकारले गुठी भनेको जग्गा र सम्पत्ति मात्र बुझेको भन्दै उने भने, ‘गुठी जग्गा होइन, सम्पत्ति हुँदै होइन । इतिहास हो, सभ्यता हो । रैथाने सभ्यताको परिचायक हो ।’

गुठी भनेको सामान्तवादी सोच हो भनेर हेला गर्ने हो भने समाज मुठभेड तिर जान्नसक्ने उनले बताए ।

यो पनि पढ्नुस्
छेत्री समाज पनि तात्तियो गुठी विधेयक विरुद्ध

काठमाडौं। क्षेत्री समाज नेपालले सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकप्रति ध्यानाकर्षण भएको जनाएको छ । सामजले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको गुठी विधेयकप्रति कडा आपत्ति जनाएको हो । क्षेत्री समाजले मुलुकको पहिचान बोकेका मौलिक धर्म, संस्कृति, रितिरिवाज र परम्परा माथि प्रहार हुने गरी नेपालीलाई मौलिक धर्म तथा संस्कार–संस्कृतिविहीन बनाउने विदेशीको षड्यन्त्रलाई टेवा पर्याउने काम नगर्न समाजले सरकारलाई चेतावनी दिएको छ। समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली मौलिक धर्म संस्कृतिको संरक्षण तथा निरन्तरताका निम्ति अनादिकालदेखि राज्य र हाम्रा पुर्खाले मठ–मन्दिर गुम्बा, विहार पार्टी पौवा आदिको स्थापना र संचालनकालागि गुठीको व्यवस्था गरेका हुन् ।

तर पछिल्लो समयमा मठ मन्दिर पाटी पौवा आदिको नाममा रहेको गुठी जग्गामाथि नै अतिक्रमण हुँदै आएको र गुठीको जग्गा रैकरमा परिणत गरी भूमाफियाको कब्जामा जाँदै गरेको देखिएको छ, समाजका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

तर पछिल्लो समयमा मठ मन्दिर पाटी पौवा आदिको नाममा रहेको गुठी जग्गामाथि नै अतिक्रमण हुँदै आएको र गुठीको जग्गा रैकरमा परिणत गरी भूमाफियाको कब्जामा जाँदै गरेको देखिएको छ, समाजका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

समाजले नेपालीको मौलिक धर्म, संस्कृतिको संरक्षण र निरन्तरताकालागि जस्तो सुकै कठोर कदम चाल्न बाध्न हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?