कृषिमा १४ करोड ४४ लाख बजेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १, २०७६
|
|
१६ पटक हेरिएको
Shares
कृषिमा १४ करोड ४४ लाख बजेट

सारांश

  • बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ ।
  • कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि छुट्याइएको बजेट एकमुष्ट रु १४ करोड ४४ लाख रहेको छ ।
  • बाँकेका आठ स्थानीय तहको कृषि शाखामार्फत रु सात करोड ९९ लाख कृषि कार्यक्रमका लागि सञ्चालन गर्न बजेट छुट्याइएको छ ।

बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि छुट्याइएको बजेट एकमुष्ट रु १४ करोड ४४ लाख रहेको छ ।

बाँकेका आठ स्थानीय तहको कृषि शाखामार्फत रु सात करोड ९९ लाख कृषि कार्यक्रमका लागि सञ्चालन गर्न बजेट छुट्याइएको छ । स्थानीय तहमध्ये कृषिमा सबैभन्दा धेरै बाँकेको कोहलपुर नगरपालिकाले छुट्याएको छ । कोहलपुरले कृषि शाखामार्फत रु एक करोड ५१ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै जानकी गाउँपालिकाले रु एक करोड ३५ लाख, राप्ती सोनारी गाउँपालिकाले रु एक करोड १५ लाख, बैजानाथ गाउँपालिकाले रु एक करोड १० लाख, नरैनापुर गाउँपालिकाले रु ८० लाख ५० हजार, नेपालगञ्ज उपमहानगरपालिकाले रु ७४ लाख, खजुरा गाउँपालिकाले रु ७० लाख र डुडुवा गाउँपालिकाले रु ६४ लाख बजेट कृषिको विकासमा छुट्याएका छन् । ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरी कृषिका कार्यक्रम सञ्चालन गर्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?