पूर्वमाओवादी कमाण्डर बने नेपाली सेनाको जर्नेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २, २०७६
|
|
२२ पटक हेरिएको
Shares
पूर्वमाओवादी कमाण्डर बने नेपाली सेनाको जर्नेल

सारांश

  • तत्कालीन माओवादी लडाकूका डिभिजन कमान्डर यमबहादुर अधिकारी नेपाली सेनाको सहायक रथीमा बढुवा भएका छन् ।
  • सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई चार वर्षका लागि सहायक रथीमा बढुवा गरेको हो ।
  • बिहीबार सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै महासेनानी अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

तत्कालीन माओवादी लडाकूका डिभिजन कमान्डर यमबहादुर अधिकारी नेपाली सेनाको सहायक रथीमा बढुवा भएका छन् । सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई चार वर्षका लागि सहायक रथीमा बढुवा गरेको हो ।

बिहीबार सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै महासेनानी अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

माओवादी शान्ति प्रक्रियाामा आएपछि अधिकारी इलामको चुलाचुली शिविरका कमान्डर थिए । सेना समायोजनमा उनलाई उपसेनानीको दर्जा दिइएको थियो । उपसेनानीबाट, सेनानी, सहायक सेनानी, महासेनानी हुँदै उनी सहायक रथी बनेका हुन् । माओवादीबाट समायोजन भएका पूर्वलडाकुले पाएको यो नै सर्वोच्च पद हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?