पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
३० पटक हेरिएको
Shares
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने

सारांश

  • ओखलढुङ्गा कला साहित्य समाजले आफने प्रथम बार्षिकोत्सव तथा दोस्रो साधारण सभाको सन्र्दभ पारेर पाँच जना श्रष्टालाई सम्मान गरेको छ ।
  • ओखलढुङ्गा जिल्लामा जन्मिएर गीत, संगीत, कला र साहित्यमा विगत चार दशकदेखि सक्रिय महाप्रसाद खनाललाई आजीवन मुर्धन्य श्रष्टा अर्पण गरिएको छ ।
  • त्यस्तै नेपाली हाँस्य क्षेत्रका उदयमान कलाकार सुमन कार्कीलाई अभिनय तथा हाँस्यव्यङ्ग्य तर्फको ओखलढुङ्गा कला सम्मान तथा गायक जीवन बम्जनलाई गायन, गोपाल सेन्चुरीलाई लेखन, तथा सुजन राई रोकमीलाई नृत्य तथा अभिनय तर्फको ओखलढुङ्गा कला सम्मान अपर्ण गरिएको छ ।

ओखलढुङ्गा कला साहित्य समाजले आफने प्रथम बार्षिकोत्सव तथा दोस्रो साधारण सभाको सन्र्दभ पारेर पाँच जना श्रष्टालाई सम्मान गरेको छ । ओखलढुङ्गा जिल्लामा जन्मिएर गीत, संगीत, कला र साहित्यमा विगत चार दशकदेखि सक्रिय महाप्रसाद खनाललाई आजीवन मुर्धन्य श्रष्टा अर्पण गरिएको छ । त्यस्तै नेपाली हाँस्य क्षेत्रका उदयमान कलाकार सुमन कार्कीलाई अभिनय तथा हाँस्यव्यङ्ग्य तर्फको ओखलढुङ्गा कला सम्मान तथा गायक जीवन बम्जनलाई गायन, गोपाल सेन्चुरीलाई लेखन, तथा सुजन राई रोकमीलाई नृत्य तथा अभिनय तर्फको ओखलढुङ्गा कला सम्मान अपर्ण गरिएको छ ।

कार्यक्रममा ओखलढुङ्गा कला साहित्य समाजको स्थापना देखि सक्रिय सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई कदर तथा सम्मान पत्र अर्पण गरिएको थियो । सांगीतिक साँझमा बरिष्ठ लोक गायक नविन ढुङ्गेल, शशी कुमार श्रेष्ठ, बलबहादुर परियार, राज राई, जीवन बम्जन लगायत नयाँ तथा पुराना कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

ओखलढुङ्गालाई साहित्यीक पर्यटनक्षेत्र बनाइने 
सोही कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले ओखलढुङ्गालाई साहित्यीक पर्यटनको गन्तब्य बनाउन सक्दो पहल गर्ने वचन दिएका छन् । शनिबार आयोजित ओखलढुङगा कला साहित्य समाजको दोस्रो साधारण सभा तथा प्रथम वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै, प्रथम गायिका मेलवादेवी, कवि सिद्धीचरण श्रेष्ठ, गायक पाण्डव सुनुवार तथा अहिलेको राष्ट्रगानका सर्जक व्याकुल माइला, जन गायक रामेस, रायन लगायतले नेपाली गीत संगीत तथा साहित्यको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दैै ओखलढुङगालाई साहित्यीक पर्यटनसंग जोड्न रक्षामन्त्री पोखरेलले पहल गर्ने बताएका हुन् । ओखलढुङगा, सोलुखुम्बु र खोटाङलाई जोडेर पर्यटकीय स्वर्णिम सगरमाथा चक्रपथ निर्माण गर्ने योजना समेत रहेको पोखरेलले जानकारी दिए ।

कार्यक्रममा सांसद यज्ञराज सुनुवारले ओखलढुङगाका पर्यटकीय सम्भावना बोकेका स्थानहरु रुम्जाटार, पोकली झर्ना, थोलेदेम्बा लगायतका क्षेत्रहरुमा पूर्वाधार बिकासका गर्नुपर्ने बताए । त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ रायनले कला साहित्यको खोज तथा प्रर्वद्धनका लागि भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्व सांसद रामहरि खतिवडा, बालकृष्ण ढुङ्गेल, प्रदेशसभा सदस्य अम्बिर बाबु गुरुङ लगायतले ओखलढुङ्गाको साहित्य र पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष गोम्बु शेर्पाले विकास र साहित्य क्षेत्रको उन्नतीका लागि सबै राजनितिक दललाई एकजुट हुन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी
जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी
सन्धिखर्क नगरपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न
सन्धिखर्क नगरपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न
रुकुमका मृतक सबैको टाउकोमा चोट
रुकुमका मृतक सबैको टाउकोमा चोट
यी दुई सर्वोत्कृष्ट खेलाडी जो ‘गोल्डेन बल’ पाउँदा पनि खुशी हुन सकेनन्
यी दुई सर्वोत्कृष्ट खेलाडी जो ‘गोल्डेन बल’ पाउँदा पनि खुशी हुन सकेनन्
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
’सासुको जन्मदिनमा प्रियंका चोपडाको खास उपहार, लेखिन इमोशनल पोष्ट
’सासुको जन्मदिनमा प्रियंका चोपडाको खास उपहार, लेखिन इमोशनल पोष्ट
विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन
विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन
Sonali Bendre chopped her hair as she undergoes cancer treatment in New York!
Sonali Bendre chopped her hair as she undergoes cancer treatment in New York!
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आउनुभयो : ‘प्रचण्ड’

तपाईंले छुटाउनुभयो कि?