हरिवंश आचार्य अस्पताल भर्ना
सारांश
- काठमाडौं।
- अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
- नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ।
काठमाडौं। अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ। विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार त्यता गएका थिए।
आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन्। उनले अभिनेताको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया