चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी, जो आफैमा यति क्षमतावान छिन्
सारांश
- विश्वकै शक्तिशालीमध्येका एक चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी छिन् ।
- सीले आफ्नी छोरीको बारेमा धेरै कम जानकारी मात्रै खुलाएका छन् ।
- सीले आफ्नी छोरीलाई अहिले लो–प्रोफाइलमै राख्न चाहेका छन् ।
विश्वकै शक्तिशालीमध्येका एक चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी छिन् । सीले आफ्नी छोरीको बारेमा धेरै कम जानकारी मात्रै खुलाएका छन् । सीले आफ्नी छोरीलाई अहिले लो–प्रोफाइलमै राख्न चाहेका छन् । सीको छोरीको नाम हो सी मिंङजे । उनको जन्म सन् १९९२, जुन २७ सिचुआन प्रान्तको फ्यानियनमा भएको थियो ।
उनकी आमा एक प्रसिद्ध लोक गायिका हुन् । उनले २००६ देखि २००८ सम्म हाङजोङ फरेन ल्याङवेज स्कूलमा पढिन् र अन्य विषयहरूमध्ये फ्रान्सेली भाषा सिकिइन् । उनी झेजियांग विश्वविद्यालयमा भर्ना भइन् र आफ्नो स्नातकको अध्ययनको लागि करीव एक वर्ष खर्च गरिन्। सन् २०१० मा उनलाई हार्वर्ड विश्वविद्यालय, म्यासाचुसेट्समा मनोविज्ञान र अंग्रेजी पढ्न पठाइएको थियो ।
उनले मे २०१४ मा आफ्नो स्नातक पूरा गरिन् र पछि चीन फर्किइन् । अहिले उनी बेइजिङमा बस्छिन्। किशोरावस्थादेखि नै विभिन्न परोपकारितामा संलग्न रहेर उनले काम गर्दै आइरहेकी छिन् । जुलाई २००८ मा चिनियाँ समाचार प्रकाशनको रडारमा आइन् । त्यति बेला उनी केबल १६ वर्षकीमात्र थिइन् । उनले १२ मे सिचुआन भूकम्प राहतका लागि काम गरिन् ।
उनको आमाले पीडितको समर्थनमा एउटा कार्यक्रम गरिरहेकी थिइन् । जब उनले एक स्वयंसेवी आवेदन पेस गरिन् र उनको स्कूलको अनुमति लिएर भूकम्प गएको केही दिन पछि हजारौं बेइजिङ स्वयंसेवकहरूसँग भूकम्प प्रभावित इलाका भ्रमण गरिन् । उनका बुबाले नोभेम्बर २०१२ मा चीनको कम्युनिष्ट पार्टीको महासचिव बनेको एक हप्ता पछि
उनले अन्तर्रा्ष्ट्रिय मिडियाको ध्यानाकर्षण गरिन्। अन्तराष्ट्रिय मिडियाले उनलाई राजकुमारीको उपमा दिने गरेका छन् । युकेको ‘द मेल’ ले पहिलो पटक नोभेम्बर १, २०१२ मा खबर गरेको थियो कि उनी हार्वर्डमा गुप्तरूपमा अध्ययन गरिरहेकी छिन्। पश्चिमी संस्कृतिको प्रशंसक शी जिनपिङले आफ्नी छोरीलाई सन् २०१० मा हार्वर्डबाट स्नातक पूरा गर्न संयुक्त राज्य अमेरिका पठाएका थिए ।
उनी त्यहाँ अध्ययन गरिरहेकी थिइन् भन्ने तथ्यलाई गोप्य राखिएको थियो । उनीबारे जान्ने केवल १० जना मात्र सीमित थिए। संकाय र घनिष्ठ मित्रहरूको संख्या, उनको वास्तविक पहिचानको बारेमा जान्दैन्थे । उक्त प्रतिवेदनका अनुसार उनलाई पढन्ते, धेरै शान्त र अध्ययनशील भनेर वर्णन गरिएको छ ।
उनी प्रेसको ध्यानबाट पनि सुरक्षित थिइन् र सधैं अंगरक्षकहरूसँग हुन्थिइन् । उनको कामका लागि २४ सै घण्टा सुरक्षागार्डले पहरा दिने गथ्र्यो । उनको बुबा अन्ततः मार्च २०१३ मा जन गणतन्त्र चीनको सातौँ औं राष्ट्रपति बने, त्यसपछि उनी आफ्नो परिवारसँग फेब्रुअरी २०१५ मा पहिलोपटक सार्वजनिक भइन् ।
चिनियाँ पक्षद्वारा नेपाली सुरक्षाकर्मीको प्रशंसा
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा चुस्त सुरक्षा व्यवस्था मिलाएको भन्दै चिनियाँ पक्षले नेपाली सुरक्षाकर्मीको प्रशम्सा गरेको छ । कुनै कमजोरी हुन नदिई सुरक्षा प्रबन्ध मिलाएकोमा उनीहरुले धन्यवादसमेत दिएका छन् । सुरक्षा व्यवस्थाबाट चिनियाँ पक्ष खुशी भएर धन्यवाद दिएको गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सोमबार गृहमन्त्रालयमा आयोजित बैठकमा जानकारी दिए ।
प्रभावकारी रुपमा सुरक्षा योजना कार्यान्वायन गरेकोमा बादलले सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको उनले बताए । सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै निती निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको उनको भनाई छ ।
गृहमन्त्री थापाले नेपाल एक चीन निती प्रति प्रतिवद्ध रहेको दोहाराउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।चिनियाँ राष्ट्रपति सिको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने उनको भनाई छ ।
बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने बताए । बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथी शशिचन्द्र बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया