ओलीले धोका दिए भन्दै प्रचण्डको ईश्वरसँग गुनासो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
ओलीले धोका दिए भन्दै प्रचण्डको ईश्वरसँग गुनासो

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिबालय सदस्यहरुसँग गर्न थालेका छन् ।
  • पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएपनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् ।
  • अहिले प्रचण्डको निराशा र असन्तुष्टि सार्वजनिक हुन थालेको पार्टी निकटका नेताहरुले बताउँन थालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिबालय सदस्यहरुसँग गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएपनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् । अहिले प्रचण्डको निराशा र असन्तुष्टि सार्वजनिक हुन थालेको पार्टी निकटका नेताहरुले बताउँन थालेका छन् ।

दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो । एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो । त्यसपछि पार्टीले विभाग प्रमुखहरु तोक्ने क्रममा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र पक्षले जोड गरे पनि पछि ओली–दाहाल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । नागरिक दैनिकबाट

कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कानूनी राज्यमा विश्वास गर्ने भएकाले काङ्ग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताए । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाको अन्योलताबारे सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गरी स्पष्ट पार्दै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्य तथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने उल्लेख गरे । “बाह्र वर्ष पुरानो मुद्दामा मैले यही सङ्केत गरेको हुँ”, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काङ्ग्रेसको सहयोग रहने स्पष्ट पार्दै सभापति देउवाले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने पार्टीको प्रष्ट मान्यता रहेको सार्वजनिक रुपमा प्रष्ट्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !
जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल
जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’
ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय
ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय

तपाईंले छुटाउनुभयो कि?