मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
सारांश
- काठमाडौं ।
- ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा उच्च पदस्थ व्यक्तिदेखि सर्वसाधारणको भीड लागेको छ ।
- श्रद्धाञ्जली दिन राष्ट्पति विद्यादेवी भण्डारी टुँडिखेल पुगेकी छिन् ।
काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा उच्च पदस्थ व्यक्तिदेखि सर्वसाधारणको भीड लागेको छ । श्रद्धाञ्जली दिन राष्ट्पति विद्यादेवी भण्डारी टुँडिखेल पुगेकी छिन् ।
बिहिबार दिने भनिएको श्रद्धाञ्जली पोष्टमार्टममा ढिलाई भएपछि आजका लागि सारिएको थियो । आज शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा शव राखिने भएको छ। टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिहरु, उच्चपदस्थ सरकारी अधिकारी, दलका नेता कार्यकर्ता, सर्वसाधारणलगायत श्रद्धाञ्जली कार्यक्रममा सहभागी भैरहेका छन् । सातै जनाको छुट्टाछुट्टै तर, लस्करै फोटोसहित शव राखिएको छ ।
सातै जनालाई फुलका गुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गर्नेको भीड बढेको देखिएको छ । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने मन्त्री अधिकारी, पर्यटनव्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव दास भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टर चालक प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःख व्यक्त भैरहेको छ
प्रतिक्रिया