नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने

सारांश

  • काठमाडौं ।
  •  फिनिस मोबाइल जाइन्ट नोकिया इंडिया र नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंकले ६५० किलोमीटर लम्बाईको आधुनिक १८३० पीएसएस ( फोटोनिक सर्भिस स्विच) निर्माण गर्ने भएका छन् ।
  • नेपालमा ब्याण्डविथको अभाब यसले पुरा गर्नेछ ।

काठमाडौं । फिनिस मोबाइल जाइन्ट नोकिया इंडिया र नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंकले ६५० किलोमीटर लम्बाईको आधुनिक १८३० पीएसएस ( फोटोनिक सर्भिस स्विच) निर्माण गर्ने भएका छन् । नेपालमा ब्याण्डविथको अभाब यसले पुरा गर्नेछ । अन्तरशहर नेटवर्क काठमाण्डौ बाट भैरवा र बिरगंज र भारतको बाटो हुदैँ अन्तर्राष्ट्रिय नेटवर्कमा जडान हुने छ ।

यो अल्ट्राफास्ट नेटवर्कको विस्तारसँगै प्रयोगकर्ताले फोर के क्वालिटी भिडियो र इन्टरनेट टिभीको मजा अझ सजह हुने छन् ।

वर्ल्डलिंक सीटिओ समित जान, वर्ल्डलिंकले नेपाली संचार ल्यान्डस्केपलाई ट्रान्सफर्म गर्ने बताएका छन् । यसले ब्याण्डविथको अभावले समस्यामा रहेका मोबाइलदेखि फिक्स नेटवर्क प्रयोगकर्ता लावान्व्हित हुनेछन् । उनले थपे यो परियोजना वर्ल्डलिंकको अहिलेसम्मकै ठूलो हो ।

यता नोकिया इन्डियाका बजार प्रमुख संजय मल्लिकले वर्ल्डलिंकले नेपाली संचार ल्यान्डस्केपलाई ट्रान्सफर्म गर्ने भिजनमा सहयोग गर्न र सहकार्यमा १०० जि ट्रान्सपोर्ट नेटवर्क विस्तार गर्न पाउनु गर्वको कुरा बताएका छन् ।

सम्झौताको अन्य आयामका बारेमा बिस्तृत विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?