फेसबुकले तीन महिनामा तीन करोड ‘हानिकारक’ सामग्री हटायो
सारांश
- बीबीसी।
- फेसबुकले सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ।
- फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्री हटाइएको छ।
बीबीसी। फेसबुकले सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्री हटाइएको छ।सो अवधिमा कुल तीन करोड तीन लाखभन्दा बढी सामग्रीहरू हटाइएको फेसबुकले बताएको छ। पहिलो पटक फेसबुकले अर्को चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामको तथ्याङ्क पनि समावेश गरेको छ।
चौध वर्षीया मोली रसेलको आत्महत्यापछि दबावका कारण फेसबुकले यस पटक हटाइएका आत्महत्यासम्बन्धी सामग्रीको पनि तथ्याङ्क सार्वजनिक गरेको छ।रसेलले सन् २०१७ मा आत्महत्या गरेपछि उनका बुवाले उनको इन्स्टाग्राममा आत्महत्यासम्बन्धी थुप्रै पोस्ट रहेको थाहा पाएका थिए।फेसबुकको चौथो प्रतिवेदनमा सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म हटाइएका सामग्री यस प्रकार छन्स्
फेसबुकबाट एक करोड १६ लाख र इन्स्टाग्रामबाट सात लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्रीतीमध्ये ९९ प्रतिशत सामग्री फेसबुकले आफैँ पत्ता लगाएको र बाँकी लगभग एक लाख सामग्री अरूले दिएको जानकारीमा पत्ता लगाइएको
२५ लाख फेसबुकबाट र आठ लाख ४५ हजार इन्स्टाग्रामबाट आत्महत्यासम्बन्धी सामग्री
फेसबुकबाट ४४ लाख र इन्स्टाग्रामबाट १५ लाख लागुऔषध बेचबिखनबारे सामग्री
फेसबुकबाट २३ लाख र इन्स्टाग्रामबाट ५८ हजार हतियार बेचबिखनबारे सामग्री
इन्स्टाग्रामबाट एक लाख ३३ हजार आतङ्कवादसम्बन्धी सामग्री
फेसबुकले अल(कायदा, आईएस र तिनका सहयोगी संस्थाका ९९ प्रतिशत सामग्री हटाइएको दाबी गरेको छ। अन्य आतङ्ककारी सङ्गठनसँग सम्बन्धित ९८।५ प्रतिशत सामग्री फेसबुकबाट र ९२।२ प्रतिशत सामग्री इन्स्टाग्रामबाट हटाइएको छ।
समग्रमा फेसबुकको तथ्याङ्कले उसले ठूलो परिमाणमा हानिकारक सामग्री हटाइरहेको देखिएको छ। सन् २०१९ को ज्यानुअरीदेखि मार्चसम्मको तीन महिनामा फेसबुकले ५८ लाख बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्री हटाएको थियो।
प्रतिक्रिया