संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने

सारांश

  • काठमाडौँ ।
  • प्रमुख राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव पारित गर्न व्यवस्थापिका-संसदमा भएका सबै दलसँग आवश्यक छलफल गर्ने जनाएका छन्।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताको बैठकले संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गर्ने सहमति गरेको हो।

काठमाडौँ । प्रमुख राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव पारित गर्न व्यवस्थापिका-संसदमा भएका सबै दलसँग आवश्यक छलफल गर्ने जनाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताको बैठकले संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गर्ने सहमति गरेको हो। काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई निर्वाचनमा सहभागी गराउनका लागि आवश्यक राजनीतिक वातावरण बनाउन थप पहल गर्ने सहमति भएको बताए।

संविधान संशोधनका लागि आवश्यक दुईतिहाई बहुमत पुर्याउन थप कोसिस गर्ने र सबै पार्टीसँग सबैले कुरा गरेर संशोधन प्रस्ताव पारित गर्ने सहमति भएको उनले जानकारी दिए।

राजपा नेपालले संविधान संशोधनसँगै जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थप गर्नुपर्ने, तराई मधेस आन्दोलनमा निधन भएकालाई शहीद घोषणा गर्नुपर्ने, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता हुनुपर्ने, घाइतेलाई उपचार खर्च, क्षतिपूर्तिलगायतका माग गर्देै आएको छ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठक सकारात्मक भएको जानकारी गराउँदै अब हुने सबै निर्वाचनमा राजपा नेपाललाई सहभागी गराउन आवश्यक वातावरण बनाउने विषयमा घनिभूत छलफल भएको बताए।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले बैठकमा संविधान संशोधनलगायत आफ्ना मागका सम्बन्धमा सरकार गम्भीर रुपमा लागेको र केही दिन मै परिणाम आउने आश्वासन पाएको बताए।

नेता भण्डारीले संविधान संशोधन आफ्नो मुख्य माग भएकाले त्यसका लागि आवश्यक बहुमत पुर्याउने सम्बन्धमा आफूहरु पनि जिम्मेवार भएर लाग्ने उल्लेख गरे।

बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा नेपालका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरुको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Patriotic Spirit at its Extreme- Three Years of Jail for Disrespecting Chinese National Anthem
Patriotic Spirit at its Extreme- Three Years of Jail for Disrespecting Chinese National Anthem
जेठ २ गते आइतवारको राशिफल यस्तो छ
जेठ २ गते आइतवारको राशिफल यस्तो छ
नयाँ आइजिपीका लागि रस्साकस्सी शुरु
नयाँ आइजिपीका लागि रस्साकस्सी शुरु
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
राज्यकोषबाट आर्थिक सहायता दिइने निर्णय अविलम्ब फिर्ता लेऊ : गगन थापा
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक
प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु पाँच अर्ब
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु पाँच अर्ब
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन

तपाईंले छुटाउनुभयो कि?