शरीरभरि चरेस, २ जना महिला पक्राउ
सारांश
- काठमाडौं, ५ जेठ- मकवानपुरबाट १० किलो चरेस सहित हिजो २ जना महिला पक्राउ परेका छन् ।
- जिल्ल प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकिटोलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला पालुङबाट हेटौडा तर्फ आउदै गरेको बा ३ ख २८३१ नम्बरको यात्रुबाहक बसमा लागू औषध सहित पक्राउ गरेको हो ।
- बसलाई रोकी चेक जाँच गर्ने क्रममा सो बसमा सवार भई आएका जिल्ला पर्सा बिरगन्ज १६ बस्ने ५५ वर्षे उमादेवी पटेल र ३५ वर्षकी आशादेवी पटेलको शरीरमा चरेस भेटिएको हो ।
काठमाडौं, ५ जेठ- मकवानपुरबाट १० किलो चरेस सहित हिजो २ जना महिला पक्राउ परेका छन् । जिल्ल प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकिटोलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला पालुङबाट हेटौडा तर्फ आउदै गरेको बा ३ ख २८३१ नम्बरको यात्रुबाहक बसमा लागू औषध सहित पक्राउ गरेको हो ।
बसलाई रोकी चेक जाँच गर्ने क्रममा सो बसमा सवार भई आएका जिल्ला पर्सा बिरगन्ज १६ बस्ने ५५ वर्षे उमादेवी पटेल र ३५ वर्षकी आशादेवी पटेलको शरीरमा चरेस भेटिएको हो ।
उनीहरुको शरीरमा कपडाको थैली बनाई कम्मरमा बाधिएको र तिघ्रामा समेत एङ्लेट भित्र समेत राखेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागू औषध चरेश १० किलो फेला पारिएको र नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया