भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकार : उपाध्याय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकार : उपाध्याय

सारांश

  • असार २८, २०७४- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकारको विषय भएको बताएका छन् ।
  • दिल्लीस्थित नेपाली दूतावास र भारतको थिङ्क ट्याङ्क इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिसए)ले भारतको आन्ध्र प्रदेशस्थित विसखापटनममा संयुक्त रुपमा गरेको नेपाल–भारत व्यापार, पारवहन र कनेक्टीभिटी विषयक विज्ञहरुको कार्यशालामा उपाध्यायले सो कुरा बताएका  हुन् ।
  • उनले नेपाली उत्पादनहरुले भारतमा सहज प्रवेश पाउनुपर्ने बताउँदै त्यसमा विभिन्न खाले समस्याहरु आउने गरेको बताए ।

असार २८, २०७४- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकारको विषय भएको बताएका छन् ।

दिल्लीस्थित नेपाली दूतावास र भारतको थिङ्क ट्याङ्क इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिसए)ले भारतको आन्ध्र प्रदेशस्थित विसखापटनममा संयुक्त रुपमा गरेको नेपाल–भारत व्यापार, पारवहन र कनेक्टीभिटी विषयक विज्ञहरुको कार्यशालामा उपाध्यायले सो कुरा बताएका  हुन् । उनले नेपाली उत्पादनहरुले भारतमा सहज प्रवेश पाउनुपर्ने बताउँदै त्यसमा विभिन्न खाले समस्याहरु आउने गरेको बताए । ‘माथिल्लो तहमा मन्त्रालयमा कुरा गदौ सबै ठीक हुन्छ तर सिमानामा बेला बेलामा समस्याहरु देखिने गर्दछ,’ उनले भने ।

भारतीय उत्पादनले भने नेपालमा सहज रुपमा प्रवेश पाउने गरेको उनले बताए ।  राजदूत उपाध्याले नेपालले औपचारिक तथा अनौपचारिक समस्याहरु भोग्ने गरेको बताए । उपाध्यायले दूरीको हिसाबले कलकत्ता र हल्दिया भन्दा विसखापटनम केही टाढा भए पनि मूल्यको हिसाबले विसखापट्नम वन्दरगाह निकै उपयोगी हुने बताए ।

दिल्लीस्थित नेपाली दूतावासका मनिष्टर इकोनोमिक कृष्णहरि पुष्करले नेपाल र भारतका व्यापार, वाणिज्य तथा पारवहनका ऐतिहासिक विषयहरुमा गहन छलफलको लागि सो कार्यक्रमको आयोजना गरेको बताए । उनले भने, ‘व्यापार, वाणिज्य तथा कनेक्टीभिटीका समग्र विषयहरुमा छलफल  हुने छ । नेपालले  अघिल्लो वर्षमा प्रयोगमा ल्याएदेखि दैनिक रुपमा ट्राफिक बढिरहेको छ । यस सेमिनारले अपरेसनल तहमा देखिएको समस्याहरु समाधान गर्न समाधान गर्ने छ ।’ विशेषत: यो बन्दरगाहको सुविधालाई हाइलाइट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
यो बन्दरगाह प्रभावकारी तथा आधुनिक छ र यो पूर्ण रुपमा कम्युटरमा आधारित रहेको छ ।

त्यसैगरी, मूल्यको हिसाबले पनि यो बन्दरगाह प्रभावकारी हुने बताइएको छ । यो भारतको १३ वटा बन्दरगाहहरुमध्ये एक महत्वपूर्ण बन्दरगाह हो । कार्गे ह्याण्डल गर्ने हिसाबले यो भारतको दोस्रो महत्वपूर्ण बन्दरगाह हो । कार्यक्रममा नेपाल र भारतका विभिन्न विज्ञहरुले दुई देशको व्यापार, पारवहन, कनेक्टीभिटीलगायत विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने तथा छलफलको कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?