प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा, नेताहरुलाई भेट्न निषेध

सारांश

  •   एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ ।
  • स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ ।
  • अप्रेसन अगाडि नै एपेन्डिसाइटिस फुटेको र शरिरमा संक्रमणको जोखिम भएकाले भेन्टिलेटरमा राखिएको स्रोत बताउँछ ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ ।

अप्रेसन अगाडि नै एपेन्डिसाइटिस फुटेको र शरिरमा संक्रमणको जोखिम भएकाले भेन्टिलेटरमा राखिएको स्रोत बताउँछ । सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । तर मंगलबार बिहान मात्र उनलाई अस्पताल लगिएको थियो । अस्पताल जान ढिलो हुँदा एपेन्डिसाइटिस फुटेको आँकलन गरिएको छ । एपेन्डिसाइटिस फुटेर हुने संक्रमणलाई गम्भीर मानिन्छ ।

प्रा. डा. पलेशवान जोशी लाखेको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा पेटमा जमेको करिब आधा लिटर पिप हटाएका थिए । ओलीलाई विशेष निगरानीमा राखिएको अस्पताल स्रोत बताउँछ । अस्पतालले जारी गरेको बिज्ञप्तीमा उनको अवस्था स्थिर छ । उनलाई भेट्न नेताहरु अस्पताल पुगेपछि भेट गर्न दिइएको छैन ।

मिर्गाेलाको रोगबाट समेत पीडित ओलीले सोमबार मात्र ग्रान्डि अस्पताल गएर डायलसिस गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्धभूमी नगरपालिकामा सहकारी संस्था दर्ता कार्य प्रारम्भ
बुद्धभूमी नगरपालिकामा सहकारी संस्था दर्ता कार्य प्रारम्भ
१०४ वर्ष बाँचेर सँसारबाट बिदा भइन् हलिउड स्टार हेभिल्यान्ड
१०४ वर्ष बाँचेर सँसारबाट बिदा भइन् हलिउड स्टार हेभिल्यान्ड
पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवको अवसरमा लेखे यस्तो लेख
पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवको अवसरमा लेखे यस्तो लेख
एक करोड मूल्यको पोशाक
एक करोड मूल्यको पोशाक
John Abraham and Manoj Bajpayee starrer ‘Satyameva Jayate’ trailer is out!
John Abraham and Manoj Bajpayee starrer ‘Satyameva Jayate’ trailer is out!
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
लक्ष्मीपूजापछिको साँझमा गाईघाट (फोटो फिचर)
लक्ष्मीपूजापछिको साँझमा गाईघाट (फोटो फिचर)
मदिरा पिएको भन्दै एनआरएन अध्यक्ष भट्टलाई विमानबाट ओरालियो
मदिरा पिएको भन्दै एनआरएन अध्यक्ष भट्टलाई विमानबाट ओरालियो

तपाईंले छुटाउनुभयो कि?