जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
४० पटक हेरिएको
Shares
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन

सारांश

  • प्रेस सङ्गठन नेपालले यही मङ्सिर २० गतेसम्म जिल्ला र प्रदेश कमिटीको एकता टुङ्गाउन निर्देशन दिएको छ ।
  • सङ्गठनले प्रदेश र जिल्ला कमिटी दुवैमा केन्द्रीय कमिटीकै अनुपातमा सदस्य निर्धारण गरे अनुसार टुङग्याउन निर्देशन दिएको सङ्गठनका संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार प्रदेश कमिटी संयोजक र सहसंयोजकसहित बढीमा १९ सदस्यीय र जिल्ला कमिटी बढीमा ४१ सदस्य नबढ्ने गरी प्रदेश कमिटीले तय गर्ने व्यवस्था छ ।

प्रेस सङ्गठन नेपालले यही मङ्सिर २० गतेसम्म जिल्ला र प्रदेश कमिटीको एकता टुङ्गाउन निर्देशन दिएको छ । सङ्गठनले प्रदेश र जिल्ला कमिटी दुवैमा केन्द्रीय कमिटीकै अनुपातमा सदस्य निर्धारण गरे अनुसार टुङग्याउन निर्देशन दिएको सङ्गठनका संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश कमिटी संयोजक र सहसंयोजकसहित बढीमा १९ सदस्यीय र जिल्ला कमिटी बढीमा ४१ सदस्य नबढ्ने गरी प्रदेश कमिटीले तय गर्ने व्यवस्था छ ।

सङ्गठनले एक व्यक्ति एक पदको नीति लागू गर्दै कमिटी एकता गर्दा संयोजक र सह–संयोजक पूर्व कमिटिका अध्यक्ष संयोजक रहने व्यवस्था गरिएको छ । यदि पूर्व अध्यक्ष संयोजक कमिटीमा बस्न नमिलेमा वा अर्कालाई हस्तान्तरण गर्न चाहेको अवस्थामा सहमतिका आधारमा वरिष्ठ र सक्रियताको आधारमा चयन गर्न सकिने निर्देशनमा उल्लेख गरिएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको सङ्ख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । साविक चौतारीबाट १२४ र सेन्टरबाट १०९ गरी केन्द्रीय कमिटीको सङ्ख्या २३५ सदस्यीय कायम गरिएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
आजबाट भक्तपुर पोखरा सिधा बस सेवा शुरु
आजबाट भक्तपुर पोखरा सिधा बस सेवा शुरु
मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते
मुगु बोलेरो दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु, एक घाइते
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै
ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण
विभिन्न नाकाबाट भारतीयहरु नेपाल प्रवेश, प्रहरीकै सेटिङ देखियो
विभिन्न नाकाबाट भारतीयहरु नेपाल प्रवेश, प्रहरीकै सेटिङ देखियो
How To Get A Females Attention – 3 Straightforward Ways