राससकर्मी भट्टराई र लोहनी सेवानिवृत्त
सारांश
- काठमाडौँ, १२ मङ्सिर (रासस) ः राष्ट्रिय समाचार समिति (रासस) का प्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराई र कार्यकारी सम्पादक विकासप्रसाद लोहनी सेवा निवृत्त हुनुभएको छ ।
- विसं २०५१ मा अधिकृतस्तर छैँटौँ तहको समाचारदातामा रासस प्रवेश गर्नुभएका भट्टराई र विसं २०५६ मा अधिकृतस्तर छैँटौँ तहको सहायक समाचारदातामा प्रवेश गर्नुभएका लोहनीलाई राससले आज बिदाइ गरेको छ ।
- विसं २०१८ मङ्सिर ३ गते साविक भुल्के गाविस वडा नं ३ भोजपुरमा जन्मिनुभएका भट्टराईले राससमा रहँदा अङ्ग्रेजी सम्पादन, नेपाली सम्पादन र आलेख सम्पादन शाखामा पनि रहेर काम गर्नुभएको थियो ।
काठमाडौँ, १२ मङ्सिर (रासस) ः राष्ट्रिय समाचार समिति (रासस) का प्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराई र कार्यकारी सम्पादक विकासप्रसाद लोहनी सेवा निवृत्त हुनुभएको छ । विसं २०५१ मा अधिकृतस्तर छैँटौँ तहको समाचारदातामा रासस प्रवेश गर्नुभएका भट्टराई र विसं २०५६ मा अधिकृतस्तर छैँटौँ तहको सहायक समाचारदातामा प्रवेश गर्नुभएका लोहनीलाई राससले आज बिदाइ गरेको छ ।
विसं २०१८ मङ्सिर ३ गते साविक भुल्के गाविस वडा नं ३ भोजपुरमा जन्मिनुभएका भट्टराईले राससमा रहँदा अङ्ग्रेजी सम्पादन, नेपाली सम्पादन र आलेख सम्पादन शाखामा पनि रहेर काम गर्नुभएको थियो । भारत, चीन र स्वीट्जरल्याण्डको भ्रमण गर्नुभएका भट्टराई त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले पत्रकारितासम्बन्धमा भारतबाट तालीमसमेत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी विसं २०१८ मङ्सिर १२ गते साविक हरिनगरा गाविस सुनसरीमा जन्मिनुभएका लोहनीले राससमा रहँदा समाचारदाता सम्पादन शाखा तथा सेती र जनकपुरमा काम गर्नुभयो । भारत, जापान र दक्षिण कोरियाको भ्रमण गरिसक्नुभएका उहाँले पत्रकारितासम्बन्धी तालीमसमेत प्राप्त गर्नुभएको छ ।
बिदाइको अवसरमा राससका अध्यक्ष श्यामल अधिकारीले प्रमुख समाचारदाता भट्टराई र कार्यकारी सम्पादक लोहनीले राससप्रति पु¥याएको योगदानको उच्च कदर गर्दै सेवा निवृत्तिपछिको सुखमय जीवनको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरुको योगदानले नै यो संस्था यहाँसम्म आइपुगेको छ, अब यहाँहरुको बाँकी जीवन थप नयाँ शैली र उत्साहका साथ अगाडि बढोस्, शुभकामना छ ।” महाप्रबन्धक ओपेन्द्र शर्माले बाँकी जीवन पत्रकारितामै सक्र्रिय भई लाग्न उहाँहरुलाई आग्रह गर्नुभयो ।
रासस सञ्चालक सदस्य एकराज पाठक र डिल्लीराम भट्टराई, नेपाल पत्रकार महासङ्घ राससका सभापति नारायणप्रसाद घिमिरे, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछाने, रासस कर्मचारी सङ्गठनका उपाध्यक्ष रामलाल श्रेष्ठ र रासस कर्मचारी युनियनका सल्लाहकार प्रकाश सिलवालले भट्टराई र लोहनीलाई बाँकी सक्रिय जीवनको शुभकामना व्यक्त गर्नुभयो । सेवानिवृत्त भट्टराई र लोहनीले आगामी दिनमा राससलाई आवश्यकता परेको
अवस्थामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––
प्रतिक्रिया