म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित

सारांश

  • काठमाडौं।
  • यूईएफए युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग दुई एकले स्तब्ध भएको छ ।
  •  एस्टानाको घरेलु मैदानमा भएको खेलमा युनाइेटड दुई एकले पराजित भयो ।

काठमाडौं। यूईएफए युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग दुई एकले स्तब्ध भएको छ । एस्टानाको घरेलु मैदानमा भएको खेलमा युनाइेटड दुई एकले पराजित भयो । त्यसो त युनाइटेडले एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको १० औँ मिनेटमा जेसी लिंगार्डको गोलमा युनाइटेडले अग्रता बनाएको थियो । उनले क्लबका लागि करिब १० महिनापछि गोल गरेका हुन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफका सुरुवातमा नै दुई गोल खान पूग्यो । त्यसमा उसले एक गोल आत्मघाती गर्‍यो । ५५ औं मिनेटमा सोम्कोले गोल गर्दै युनाइेटडको अग्रतालाई बराबरीमा पुर्‍याए ।

तर ६२ औँ मिनेटमा युनाइेटडका बेर्नार्टले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे । उनले दोस्रो हाफको सुरुवातमा नै यस्तै गोलको नजिक पुगेका थिए । तर त्यो बेला उनी बचेका थिए ।

यो हारले पनि युनाइेटडलाई फरक भने पर्ने छैन । उसले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको छ ।

त्यसैले पनि युनाइेटडले बिहीबारको खेलमा मुख्य खेलाडीलाई बेन्चमा राखेर युवा खेलाडीलाई मैदानमा उतारेको थियो । उसले सात जना युवा खेलाडीलाई खेलाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?