कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
सारांश
- काठमाण्डौ ।
- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा अत्याधिक पैसाको चलखेल भएको र यो प्रवृत्ति जारी रहे लोकतन्त्रनै घाइते हुने बताएका छन् ।
- शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
काठमाण्डौ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा अत्याधिक पैसाको चलखेल भएको र यो प्रवृत्ति जारी रहे लोकतन्त्रनै घाइते हुने बताएका छन् ।
शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । पौडेलले नेकपा एमालेसँग अब आफुहरुले खुल्ला दिलले संविधान संशोधनको बारेमा बहस गर्ने नयाँ प्रस्ताव समेत राखेका छन् ।
बैठकमा बोल्दै उनले भने, ‘एमालेले पनि खुल्ला दिलले संविधान संशोधन प्रस्ताव कतिसम्म पास गर्न हुने हो ? कतिसम्म पास गर्न नहुने हो रु प्रष्ट कुरा गरौं र यतिसम्म गरौं भनेर राजपासँग खुलेर कुरा गरौं ।’ नेता पौडेलले राष्ट्रिय जनता पार्टीसँग समेत खुल्लमखुला बहस गर्नुपर्ने कुरामा जोड दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया