२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)

सारांश

  • १३ औं दक्षिण एशियलाी खेलकुद (साग) मा नेपालले स्वर्ण पदक संख्या २३ पुर्याएको छ ।
  • मंगलबार भएको खेलमा छ स्वर्ण जित्दै नेपालले शिर्ष स्थानमा कायमै राखेको छ ।
  • तेस्रो दिन नेपालले मार्सल आर्टमा स्वर्ण पदक थप्यो ।

१३ औं दक्षिण एशियलाी खेलकुद (साग) मा नेपालले स्वर्ण पदक संख्या २३ पुर्याएको छ । मंगलबार भएको खेलमा छ स्वर्ण जित्दै नेपालले शिर्ष स्थानमा कायमै राखेको छ ।

तेस्रो दिन नेपालले मार्सल आर्टमा स्वर्ण पदक थप्यो । उसुमा दुई, तेक्वान्दोमा दुई र कराँतेमा दुई स्वर्ण जित्यो । एथलेटिक्समा दुई स्वर्ण जित्न सफल भयो । योसँगै नेपलाको २३ स्वर्ण, ७ रजत र ११ काँस्यसहित ४१ पदक पुगेको छ ।

उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जिते । कराँतेको पुरुष ६७ केजी तौल समूहको कुमितेमा नेपालका नविन रसाइलीले स्वर्ण जिते । कराँतेकै ६७ केजी महिला कुमितेतर्फ सुनिता महर्जनले स्वर्ण जितिन् । तेक्वान्दोको पुरुष ६८ केजी मुनीको तौल समूहमा वीरबहादुर महराले स्वर्ण जिते । ४६ केजी तौल समूहमा महिलातर्फ काजल श्रेष्ठले स्वर्ण जितिन् ।

एथलेटिक्सको महिला १० हजार मिटरमा सन्तोषी श्रेष्ठले ऐतिहासिक स्वर्ण जितिन् । उनले १ मिलिसेकेन्डले भारतकी कविता यादवलाई पछि पार्दै पदक जितिन् । दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण जिते ।

स्वर्ण जित्नेहरु
तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल
आयशा शाक्य २९ वर्षमाथिको पुम्से
आयशा शाक्य र सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से
पार्वती गुरुङले २३ देखि २९ वर्ष पुम्से
सीना मादेन लिम्बु १७ देखि २३ वर्ष पुम्से
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई २३ वर्षमाथिको स्पर्धा
वीरबहादुर महरा पुरुष ६८ केजी मुनी
काजल श्रेष्ठ ४६ केजी महिला

कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष कँता
लक्ष्मण तामाङ ५४ केजी
निर्मला तामाङ, संगिता मगर र सरु काकी टिम काता
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन टिम काता
विप्लव लाल श्रेष्ठले स्वर्ण ८४ केजी तौल माथि
कुसुम खड्का ४५ केजी कुमुते
अनु अधिकारी ५० केजी कुमुते
नविन रसाइली ६७ केजी पुरुष कुमिते
सुनिता महर्जन ६७ केजी महिला कुमिते

उसु
विजय सिञ्जाली थाउलो
सुस्मिता तामाङ थाउलो

एथलेटिक्स
सन्तोषी श्रेष्ठ महिला १० हजार मिटर

ट्रायथलन
सोनिका गुरुङ महिला

दुवाथोलन
हिमाल टमाटा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?