कङ्गोमा विपक्षीको र्याली हिंसात्मक, दुईको मृत्यु
सारांश
- कङ्गो, २७ मंसिर ।
- कङ्गोमा विपक्षीले निकालेको र्यालीमा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ ।
- हिजोको र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।
कङ्गो, २७ मंसिर । कङ्गोमा विपक्षीले निकालेको र्यालीमा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । हिजोको र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । झडपमा कैयौँ घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा निकालिएको र्यालीमा सहभागीहरूले वर्तमान सरकारको विपक्षमा प्रदर्शन गरेकाले प्रहरीले हस्तक्षेप गरेको बताइएको छ ।
विपक्षीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार रहनु भएका मार्टिन फयुलासमेत सहभागी भई कालेमाइमा निकालिएको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा आउँदो डिसेम्बर २३ तारिखका दिन निर्वाचन हुँदैछ । चुनाव लक्षित प्रचारप्रसारलाई तीव्र पार्ने क्रममा झडप भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया