नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्धः चार किलोमा पहिरो खस्यो
सारांश
- चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
- बुधबार दिउँसो साढे तीन बजे इच्छाकामना ६ मा पहिरो खसेपछि बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
- नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहाड नै खसेर बाटो अवरुद्ध भएको हो ।
चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । बुधबार दिउँसो साढे तीन बजे इच्छाकामना ६ मा पहिरो खसेपछि बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहाड नै खसेर बाटो अवरुद्ध भएको हो । पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको छ । पहिरो पन्छाउन तीन घन्टा बढी लाग्ने अनुमान प्रहरीले गरेको छ ।
पहिरो झरेलगत्तै डोजरले पन्छाउने काम थालेको छ ।

अन्नपूर्ण बाट साभार ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया