भुटानमाथि नेपालको १४१ रनको जीत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
भुटानमाथि नेपालको १४१ रनको जीत

सारांश

  • काठमाडौं।
  • १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ ।
  • नेपालले दिएको २३७ रनको लक्ष्य पच्छ्याएको भुटानले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सकेको हो ।

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ । नेपालले दिएको २३७ रनको लक्ष्य पच्छ्याएको भुटानले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सकेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित २० ओभरमा ३ विकेटको क्षतिमा २३६ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरे । मल्लले ५५ बलमा १०७ रन बनाए । उनले ५ चौका र ९ छक्का प्रहार गरे । पारस खड्काले २८ बलमा ५७ रन बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले २७ बलमा ४५ रन बनाए । उनले ४ चौका र २ छक्का हाने । भुटानका लागि कर्मा दोर्जीले २ र तोब्देन सिंगेले १ विकेट लए ।

जवाफी ब्याटिङमा आएको भुटानका लागि मिक्यो दोर्जीले सर्वा्धिक २७ रन बनाए । उनले ४ छक्का हानेका थिए । सोनाम तोब्गेले १५ र तोब्देन सिंगेले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि पारस खड्काले २, पवन सर्राफ, ललित राजवंशी र करण केसीले २–१ विकेट लिए । यो खेलमा कैयौं रेकर्ड समेत बने ।

नेपालको यो टि–२० अन्तर्रा्ष्ट्रियमा सर्वा्धिक स्कोर हो । यसअघि नेपालको सबैभन्दा ठूलो कोर मलेयिाविरुद्ध १७३ रन थियो । यस्तै यो सबै टि–२० अन्तर्रा्ष्ट्रिय खेलमा १७ औं ठूलो स्कोर हो । रनको हिसाबले जीतका आधारमा यो अन्तर्रा्ष्ट्रिय क्रिकेट इतिहासमै छैटौं विशाल जीत हो । नेपालभन्दा अगाडि चेक रिपब्लिक (२५७ रन), रोमानिया (१७३ रन), श्रीलंका (१७२ रन), पाकिस्तान (१४३ रन) र भारत (१४३ रन) ले विजयी भएका छन् । File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?