नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ६, २०७६
|
|
३२ पटक हेरिएको
Shares
नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप

सारांश

  • सत्तारुढ दल नेकपाभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक हस्तक्षेप गरेको खुलासा भएको छ ।
  • पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटि बैठक बसिरहेका बेला राष्ट्रपतिले एक दर्जन नेताहरुलाई शितल निवास बोलाएर छलफल गरेपछि विवाद बढेको छ ।
  • राष्ट्रपति भण्डारीले बोलाएपछि नेकपाका नेताहरु प्रदिप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, जनार्दन शर्मा, शक्ति बस्नेत र घनश्याम भुसाल शितल निवास पुगेका हुन् ।

सत्तारुढ दल नेकपाभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक हस्तक्षेप गरेको खुलासा भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटि बैठक बसिरहेका बेला राष्ट्रपतिले एक दर्जन नेताहरुलाई शितल निवास बोलाएर छलफल गरेपछि विवाद बढेको छ ।

राष्ट्रपति भण्डारीले बोलाएपछि नेकपाका नेताहरु प्रदिप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, जनार्दन शर्मा, शक्ति बस्नेत र घनश्याम भुसाल शितल निवास पुगेका हुन् ।

यो विषयले पार्टी्भित्र विवाद चुलिएको छ । अध्यक्ष पुष्पकमल दाहाललाईसमेत जानकारी नदिई नेताहरु शितल निवास पुगेपछि दाहालसमेत रुष्ट बनेको छन् । अझ माधबकुमार नेपाल पक्षधर नेताहरुले त तिब्र असन्तुटी जनाएका थिए ।

शितल निवास पुगेर नेताहरु धुम्बाराही पुग्नासाथ नेपाल पक्षधर नेता भीम रावललगायतले असन्तुष्टी जनाएका थिए । भण्डारीले हिजै भेटनका लागि नेताहरुलाई शितल निवास बोलाए पनि नेताहरुले समय मिलाएर आज ११ बजे पुगेका थिए । १ बजेसम्म बसेका नेताहरुले राष्ट्रपति निवासमै खाना खाएर फर्किएका थिए ।

सरकारको प्रभावकारीता र ऐन कानुनको बारेमा कुराकानी भएको छलफलमा भएको शितल निवास पुगेका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा पनि चासो राखेको ति नेताले रिपोर्टस नेपाल डटकमलाई जानकारी दिए ।

जे जे विषयमा छलफल भए पनि यो भेटलाई अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले पार्टी्भित्र हस्तक्षेपको रुपमा बुझेका छन् । स्थायी कमिटि बैठक बसिरहेका बेला भएको भेटबारे दाहालले शितल निवास गएका नेताहरुलाई प्रश्न गरेका थिए । प्रश्न गरेपछि राष्ट्रपतिसँगको भेटमा भएको कुराकानीबारे प्रदिप ज्ञवालीले जानकारी गराएका थिए । ज्ञवालीले सामान्य भेटघाट भएको भन्दै ठूलो इस्यु नबनाउन आग्रह गरेका थिए ।

ज्ञवालीले जवाफ दिएपछि पनि भीम रावललगायतका नेताहरुले असन्तुष्टी व्यक्त गरेपछि तत्कालका लागि अध्यक्ष दाहालले परिस्थित सामान्य बनाएका थिए ।

जनार्दन शर्मा र देवेन्द्र पौडेलले आफूहरु जानु गल्ती भयो भनेपछि दाहालले पनि विवाद नलम्ब्याउन आग्रह गरेको एक नेताले बताए । यद्यपी यो विषयले नेकपाभित्र थप विवाद चर्किने देखिएको छ ।

कतिपय नेताहरुले त राष्ट्रपति भण्डारीले पार्टी्भित्र कू गर्न खोजेको आरोपसमेत लगाएका छन् । तर ओली पक्षधर नेताहरुले भने राष्ट्रपतिलाई भेट्दैमा अन्यथा सोच्न नहुने बताएका थिए ।

यसअघि पनि अध्यक्षद्धय ओली र प्रचण्डले राष्ट्रपतिलाई भेटेपछि धेरै नेताहरुले असन्तुष्टी व्यक्त गरेका थिए । त्यसपछि दाहाल र ओलीले आवश्यक परे एक्ला एक्लै राष्ट्रपतिलाई भेट्ने सहमति गरेका थिए ।

भण्डारीले विगतमा पनि सरकारले गर्ने नियुक्तिमा चासो राख्ने, हस्तक्षेप गर्ने, पकड राख्ने गरेको आरोप लाग्दै आएको छ । प्रधानमन्त्री केपी ओलीले पनि भण्डारीले जे भन्यो त्यही गर्न खोज्ने प्रवृत्तिका कारण राष्ट्रपतिको हस्तक्षेप बढ्दै गएको नेताहरुको बुझाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माेदीकाे गृह प्रदेश का ठग पाेखरामा पक्राउ
माेदीकाे गृह प्रदेश का ठग पाेखरामा पक्राउ
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी
आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी
क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक: ‘आधार र प्रमाण नपुग्दा सफाइ’
क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक: ‘आधार र प्रमाण नपुग्दा सफाइ’
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ
पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
दीपिका पादुकोण गर्भवती !
दीपिका पादुकोण गर्भवती !
‘अार्मि अफिसर्स’मा नविनाकाे ‘जनवादी’ विबाह !
‘अार्मि अफिसर्स’मा नविनाकाे ‘जनवादी’ विबाह !

तपाईंले छुटाउनुभयो कि?