दीपिका पादुकोण गर्भवती !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
दीपिका पादुकोण गर्भवती !

सारांश

  • एजेन्सी।
  • बलिउड चर्चिच नायिका दीपिका पादुकोण गर्भवती भएको चर्चा चल्न थालेको छ।
  • केही दिन अगाडि दीपिका चर्चित इभेन्टमा ‘मेट गाला’ सहभागी भएकी थिइन्।

एजेन्सी। बलिउड चर्चिच नायिका दीपिका पादुकोण गर्भवती भएको चर्चा चल्न थालेको छ। केही दिन अगाडि दीपिका चर्चित इभेन्टमा ‘मेट गाला’ सहभागी भएकी थिइन्। सो क्रममा उनी निकै सुन्दर ग्ल्यामरस देखिएकी थिइन्। उक्त कार्यक्रम न्युर्योकमा आयोजना गरिएको थियो। रेड कार्पेटमा दीपिका धपक्कै बलेको जस्तै देखिएकी थिइन्। सो क्रममा उनले पिंक कलरको गाउन लगाएकी थिइन्।

कार्यक्रमपछि कलाकारकालागि एउटा पार्टीको आयोजना गरिएको थियो। सो पार्टीका दीपिकाले प्रियंका र निक जोनससँग समय बिताइन्। उनीहरुको तस्वीर यतिबेला सामाजिक संचालमा चर्चाको विषय बनेको छ।

उक्त तस्वीरमा सार्वजनि हुने वित्तिकै दीपिका गर्भवती भएको चर्चा सुरु भएको छ। यद्यपी दीपिका निटक स्रोतले भने गर्भतवी भएको चर्चालाई अफवाह भन्दै सत्य नभएको बताएको छ। स्रोतले तस्वीर गलत तरिकाले खिचेको दाबी गरेका छन्।

यसअघि पनि दीपिका गर्भवती भएको समाचार सार्वजनिक भएको थियो। यद्यपी दीपिकाले उचित समयमा आफू आमा बन्ने बताउँदै आएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?