२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल

सारांश

  • काठमाडौं ।
  • फिफा पुसकास अवार्ड आर्सनलका फ्रेन्च फरवार्ड ओलिभर जिराडले जितेका छन् ।
  • फिफा पुसकास अवार्ड अर्थात् वर्षको सबैभन्दा उत्कृष्ट गोल(२०१७) का लागि जिराडले अवार्ड पाएका हुन् ।

काठमाडौं । फिफा पुसकास अवार्ड आर्सनलका फ्रेन्च फरवार्ड ओलिभर जिराडले जितेका छन् । फिफा पुसकास अवार्ड अर्थात् वर्षको सबैभन्दा उत्कृष्ट गोल(२०१७) का लागि जिराडले अवार्ड पाएका हुन् ।

गएको जनवरीमा क्रिष्टल प्यालेसविरुद्ध गरेको गोलले उनलाई उक्त अवार्ड जिताएको छ । उनले गरेको गोललाई ‘स्क्रोपिओन किक’ नाम दिइएको छ ।

फिफाले सन् २००९ देखि पुसकास अवार्ड दिन थालेको हो । सन् २००९ मा क्रिष्टियानो रोनाल्डो, २०१० मा हामित अल्टिनटप, २०११ मा नेइमार, २०१२ मा मिरोस्लाभ स्टोचले जितेका थिए ।
त्यस्तै २०१३ मा भने जाल्टन इब्राहिमोविच, २०१४ मा जेम्स रोड्रिग्वेज र २०१५ मा वेनडेल लिरा र सन् २०१६ मा मोहद फैजले सो अवार्ड जितेका थिए ।

त्यस्तै फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड भने स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जिते । यो उनको लगातार दोस्रो पटकको उपाधि हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?